साँगामा बस दुर्घटनामा १० जना घाइते बुधबार, साउन ३, २०८०

उच्च अदालत पाटनको आदेश– भद्रकुमारी घले सदन नभत्काउनू बुधबार, साउन ३, २०८० उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदन तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
1687253965.png)
राजेन्द्र लिङ्देन भन्छन्—सेनाको संख्या कटौतीको बहस आपत्तिजनक बुधबार, साउन ३, २०८०

संघीय शिक्षा ऐनका लागि सिंहदरबार गेटैमा प्रदर्शन बुधबार, साउन ३, २०८०

ढल्यो भद्रकुमारी घले सदन बुधबार, साउन ३, २०८० सेवा सदनमा रहेकी ८० वर्षीया चन्द्र मातले भने आफूहरूलाई यो उमेरमा सदनबाट नउठाउन हार गुहार गरिन । उनले भनिन्, ‘यस्तो अन्याय नगरिदिनु होला । सानै उमेरबाट यहाँ बसेको । ८० वर्ष भयो यहाँ बसेको । अब यहाँबाट अन्त कहिँ नजाने ।’

सांसद विकास कोष खारेजीको माग गर्दै सर्वोच्चमा रिट बुधबार, साउन ३, २०८० संसदीय क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा प्रति निर्वाचन क्षेत्र ५ करोडका दरले देशलाई ८ अर्ब २५ करोड रुपैयाँ व्ययभार हुने गरी रकम विनियोजन गरिएको भन्दै रिटमा बजेटको सो व्यवस्था खारेजीको माग गरिएको छ ।

ट्राफिक प्रहरीको नयाँ कार्यक्रम ‘यात्रुसँग दुई मिनेट’ बुधबार, साउन ३, २०८० यात्रुसँग दुई मिनेट चेतनामूलक कार्यक्रम रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक पोषराज पोखरेलले बताए । सुन्धारा स्थित काठमाडौं मल अगाडि रहेको बस बिसौनीमा यात्रुसँग दुई मिनेट ट्राफिक चेतनामूलक कुराकानी गर्दै सन्देशमूलक सामग्री समेत वितरण गरेर डीआईजी पोखरेलले कार्यक्रमको औपचारिक सुरुवात गरेका छन् ।

वृद्धवृद्धालाई आश्रय दिइरहेको भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर बुधबार, साउन ३, २०८० महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेकाले भन्दै महानगर प्रहरीले उक्त संरचनामा डोजर चलाइएको हो ।

प्रस्तावित राजदूतको संसदीय सुनुवाइ प्रक्रिया अघि बढाउने निर्णय बुधबार, साउन ३, २०८० समितिको बुधबार बसेको बैठकले प्रस्तावित व्यक्तिको संसदीय सुनुवाइबारे सर्वसाधारणलाई जानकारी गराउने र नाम अनुमोदनका सन्दर्भमा कुनै गुनासो वा सिकायत भए १० दिनभित्र उजुरी गर्न सार्वजनिक सूचना प्रकाशित गर्ने निर्णय गरेको हो ।

सिनामङ्गलमा राखिएको शङ्कास्पद वस्तु नक्कली बम, एक पक्राउ बुधबार, साउन ३, २०८० काठमाडौंको सिनामङ्गलस्थित खोटाङ हलेसी ज्वेलर्सको सटर छेउमा राखिएको शंकास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सुन पसलको सटर अगाडि राखेको वस्तु डिस्पोजका लागि पुगेको नेपाली सेनाको टोलीले सो वस्तु बम नभएको पुष्टि गरेको हो । शंकास्पद वस्तु राखेको थाहा पाएपछि घटनास्थल पुगेको नेपाली सेनाको टोलीले डिस्पोजको क्रममा सो वस्तु...

सिनामङ्गलमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो बुधबार, साउन ३, २०८० नेपाली सेनाको टोलीले शंकास्पद वस्तुलाई निष्क्रिय पारेको हो । बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकस्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि शंकास्पद वस्तु फेला परेको थियो ।

सम्पत्ति विवरण बुझाउन राष्ट्रिय सतर्कता केन्द्रको आग्रह बुधबार, साउन ३, २०८० भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० अनुसार सार्वजनिक पद धारण गरेका व्यक्ति तथा कर्मचारीलाई आव २०७९/८० को सम्पत्ति विवरण बुझाउन आग्रह गरिएको केन्द्रका सूचना अधिकारी तथा उपसचिव हरिप्रसाद शर्माले बताए ।

कास्कीमा भूकम्पको धक्का बुधबार, साउन ३, २०८० मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको सामान्य धक्का महसुस भएको थियो ।









