अल्पकालीन अन्तरिम आदेश
उच्च अदालत पाटनको आदेश– भद्रकुमारी घले सदन नभत्काउनू

काठमाडौं— उच्च अदालत पाटनले काठमाडौं महानगरपालिका–१० देवीनगरस्थित भद्रकुमारी घले सेवा सदन तत्काल नभत्काउन अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
काठमाडौं महानगरले भद्रकुमारी घले सेवा सदनका केही संरचनामा बुधबार नै डोजर चलाएर भत्काएको छ ।
महानगरको कदमविरुद्ध निषेधाज्ञाको आदेश माग गर्दै सदनका तर्फबाट दिएको निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश श्यामजी प्रधानको इजलासले संरचना नभत्काउन आदेश दिएको हो ।
अदालतले साउन ८ गते दुबै पक्षलाई छलफलमा बोलाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० १८:४३