News Griha :: न्यूजगृह
राजेन्द्र लिङ्देन भन्छन्—सेनाको संख्या कटौतीको बहस आपत्तिजनक

काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली सेनाको संख्याका विषयमा अनावश्यक बहस भइरहेको टिप्पणी गरेका छन् ।

बुधबार विज्ञप्ति जारी गरी उनले मुलुकको सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाभिमान र एकताको पक्षमा इतिहासको कठिनतम कालखण्डमासमेत नेपाली सेना प्रतिबद्ध रहेको बताए ।

उनी भन्छन्,‘अस्थिर राजनीतिबाट सिर्जित घरेलु परिवेश र सामाजिक अराजकताका कारण राज्य कमजोर हुँदै गइरहेको वर्तमान अवस्थामा सेनाको भूमिका उपर बेमौसमी बहस गरिनु दुःखद् र आपत्तिजनक छ ।’ 

rajendra1689768855.jpg

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १७:५८
Weather Update