News Griha :: न्यूजगृह
कास्कीमा भूकम्पको धक्का

काठमाडौं—  कास्कीमा भूकम्प गएको छ । बुधबार बिहान ९ बजेर ५३ मिनेट जाँदा भूकम्प गएको हो ।

मिर्सा आसपास केन्द्रविन्दु भएर ४ रेक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको सामान्य धक्का महसुस भएको थियो । 

 

यसअघि गत असार २८ गते हुम्ला जिल्लाको कालिका आसपास केन्द्रविन्दु भएर ४ दशमलव ६ रेक्टरस्केलको भूकम्प गएको थियो ।

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ११:१९
Weather Update