News Griha :: न्यूजगृह
सिनामङ्गलमा भेटिएको शंकास्पद वस्तु निष्क्रिय पारियो

काठमाडौं— सिनामङ्गलमा भेटिएको शंकास्पद वस्तुलाई निष्क्रिय पारिएको छ ।

नेपाली सेनाको बम डिस्पोजल टोलीले शंकास्पद वस्तुलाई निष्क्रिय पारेको हो । बुधबार बिहान काठमाडौं मेडिकल कलेजबाट पुरानो बानेश्वर जाने सडकस्थित खोटाङ हलेसी ज्वेलर्स अगाडि  शंकास्पद वस्तु फेला परेको थियो ।

घटनास्थलबाट प्रहरीले नेपाल उत्थान क्रान्तिकारी पार्टी लेखिएको पर्चासमेत फेला पारेको छ । शंकास्पद वस्तु कसले र किन राखेको भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सिताराम रिजालले जानकारी दिए। 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  १२:२९
Weather Update