संघीय शिक्षा ऐनका लागि सिंहदरबार गेटैमा प्रदर्शन

काठमाडौं— संघीय शिक्षा ऐन तत्काल जारी गर्न माग गर्दै सिंहदरबारको दक्षिण गेटैमा प्रदर्शन गर्नेहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
बुधबार बिहान केही युवाहरू आफ्ना मागसहितको पम्प्लेट लिएर प्रदर्शन गरेलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूले संघीय शिक्षा ऐनसहित शिक्षासँग सम्बन्धित ऐन जारी गर्न माग गर्दै प्रदर्शन गरेका थिए ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० १७:४१