News Griha :: न्यूजगृह
कानुन उल्लंघन गर्नेलाई कुने हालतमा छुट दिन्न : गृहमन्त्री श्रेष्ठ
कानुन उल्लंघन गर्नेलाई कुने हालतमा छुट दिन्न : गृहमन्त्री श्रेष्ठ गृह मन्त्रालयले उपभोग्य वस्तु तथा सेवासँग सम्बन्धित पैठारी, भन्सार दर, भन्सार छली, अनुगमन लगायतका विषयमा देखिएका समस्याहरूको समाधानका लागि सरोकारवालासँग गरेको अन्तरक्रियामा उनले नियामक निकायलाई प्रभावकारी बनाएर लैजाने प्रतिवद्धता जनाए। 
वामदेवको प्रस्ताव— प्रतिनिधि सभा सदस्यको सङ्ख्या २ सयमा १५० मा झारौं
वामदेवको प्रस्ताव— प्रतिनिधि सभा सदस्यको सङ्ख्या २ सयमा १५० मा झारौं राष्ट्रिय सभाको बैठकमा बिहीबार उनले बेलायतको नक्कल गरेर धेरै सङ्ख्याको प्रतिनिधि सभा बनाइएको भन्दै आपत्ति जनाए । 
सेनाको संख्या पुनरावलोकन बारे बहस जरुरी छ : पूर्वमन्त्री पौडेल 
सेनाको संख्या पुनरावलोकन बारे बहस जरुरी छ : पूर्वमन्त्री पौडेल  ‘अहिले जे काम गरिरहेको छ सेनाले त्यो काम गर्न त्यति सेना चाहिन्छ भने त भइहाल्यो नि यसमा छलफल गर्नुपर्ने केही कारण नै छैन्, हिजो युद्ध थियो बढायौँ, अहिले चाहिन्छ कि चाहिँदैन् एउटा परिवेश, अर्को पहिला केन्द्रीकृत शासन थियो, अहिले सङ्घीयतामा गएका छौ त्यसले नेपाली सेनाको सङ्ख्यालाई असर पार्छ कि पार्दैन,...
नेपाली सेनाको संख्या कुनै पनि हालतमा घटाउनु हुन्न : वामदेव गौतम
नेपाली सेनाको संख्या कुनै पनि हालतमा घटाउनु हुन्न : वामदेव गौतम गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको सङ्ख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क समेत गरे । बिहीबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप...
रायमाझीले सोधे — लाज हुन्छ कि हुँदैन? सरकार चलाउँदै छौं कि तस्करी गर्दैछौँ? 
रायमाझीले सोधे — लाज हुन्छ कि हुँदैन? सरकार चलाउँदै छौं कि तस्करी गर्दैछौँ?  राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले सय केजी सुन प्रकरणमा प्रहरी र सरकारी अधिकारीकोसमेत मिलेमतो रहेको आरोप लगाएका छन् ।
कान्तिपुर टेलिभिजनले बन्द गर्‍यो  ‘ह्वाट द फ्लप’
कान्तिपुर टेलिभिजनले बन्द गर्‍यो  ‘ह्वाट द फ्लप’ बिहीबार जारी सूचनामा कान्तिपुर टेलिभिजनले ‘ह्वाट द फ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ । अभिनेतासमेत रहेका होस्ट क्षेत्रीले सञ्चालन गर्दै आएको यो कार्यक्रम पटकपटक विवादमा पर्दै आएको छ । यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोधसमेत भएको थियो ।
सय किलो सुन प्रकरणमा सरकार सञ्चालक नै मुछिनु दुखद : सांसद घिमिरे [भिडिओ]
सय किलो सुन प्रकरणमा सरकार सञ्चालक नै मुछिनु दुखद : सांसद घिमिरे [भिडिओ] राष्ट्रिय सभाको बिहिबारको बैठकको शून्य समयमा उनले एअरपोर्ट जस्तो संवेदनशील ठाउँबाट सरकारकै आड ठुलो परिणाममा सुन तस्करी हुनु दुखद भएको बताइन् । 
भ्रष्टाचारको कुरा सुन्ने बित्तिकै कांग्रेसले मुख थुन्ने गरेको केन्द्रीय सदस्य रसाइलीको आरोप
भ्रष्टाचारको कुरा सुन्ने बित्तिकै कांग्रेसले मुख थुन्ने गरेको केन्द्रीय सदस्य रसाइलीको आरोप बिहीबार पार्टीको केन्द्रीय कार्य समितिको बैठकमा उनले भ्रष्टाचार विरोधी साताव्यापी अभियान चलाउनुपर्ने बताए । उनले भने, ‘मेरो कसैप्रति आग्रह पूर्वाग्रह छैन । तर, कांग्रेस पार्टी भ्रष्टाचारको कुरा आउने बित्तिकै मुख र कान थुन्छ । आँखा बन्द गरिहाल्छ । एउटा व्यक्तिको बारेमा होइन। हाम्रा पार्टीको कोही नेताहरू होला वा नहोलान्। त्यो...
एक क्विन्टल सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ आफैं संलग्न रहेको समाचार आएको छ : सांसद भट्टराई [भिडिओ]
एक क्विन्टल सुन तस्करीमा गृहमन्त्री श्रेष्ठ आफैं संलग्न रहेको समाचार आएको छ : सांसद भट्टराई [भिडिओ] बिहीबार राष्ट्रिय सभा बैठकको शून्य समयमा उनले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महराको नामसमेत सुन तस्करी प्रकरणमा मुछिएको समाचार आएको टिप्पणी गरे । सांसद भट्टराईले सो प्रकरणमा ठूलाहरू नै संलग्न रहेकाले निष्पक्ष छानविन हुने विश्वाससमेत आफूहरूलाई नभएको बताए ।
कांग्रेस केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाही गर्न प्रदेश सभापति थापाको माग
कांग्रेस केन्द्रीय सदस्य केशव बुढाथोकीलाई कारबाही गर्न प्रदेश सभापति थापाको माग नेपाली कांग्रेसको जारी केन्द्रीय समितिको बैठकमा सभापति थापाले झापामा कांग्रेसको गठबन्धनको उम्मेद्वार हराउन भूमिका खेलेकोले बुढाथोकीलाई कारवाही गर्नु पर्ने माग गरे । 
महामन्त्री थापाले उठाएको नेतृत्व परिवर्तनको एजेण्डा बेमौसमी बाजा : उर्मिला नेपाल
महामन्त्री थापाले उठाएको नेतृत्व परिवर्तनको एजेण्डा बेमौसमी बाजा : उर्मिला नेपाल उनले भनिन, ‘नेतृत्व परिवर्तनको कुरा उठिरहेको छ यो मलाई बेमौसमको बाजा जस्तो लाग्छ ।  किनभने भर्खरै मात्र हामीले हामीले अधिवेशन सकेका छौँ। यो सकेको धेरै समय भएको छैन । हामीले नेतृत्व जसलाई सुम्पिएका छौँ । विधान अनुसार नै उहाँलाई जिम्मेवारी दिएका हौँ । हामीले काम गर्ने मौका दिनुपर्छ । परिवर्तनको...
कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको प्रश्न :  शरणार्थी प्रकरणका आरोपितलाई निलम्बन गर्न के को द्विविधा ? 
कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको प्रश्न :  शरणार्थी प्रकरणका आरोपितलाई निलम्बन गर्न के को द्विविधा ?  नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठकमा केन्द्रीय सदस्य शिवाकोटीले यदि शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणप्रति अन्याय भएको हो भने सरकार छाड्नु पर्ने बताए । 
Weather Update