News Griha :: न्यूजगृह
कान्तिपुर टेलिभिजनले बन्द गर्‍यो  ‘ह्वाट द फ्लप’

काठमाडौं— कान्तिपुर टेलिभिजनले प्रसारण गर्दै आइरहेको कार्यक्रम ‘ह्वाटफ्लप’को उत्पादन तथा प्रसारण रोकिएको छ ।

टेलिभिजनले बिहीबार सूचना जारी गर्दै महिलाको स्वाभिमान र समाजको चेतनालाई सम्मान गर्दै कार्यक्रमको उत्पादन र प्रसारण पूर्णतः रोकिएको जनाएको छ ।

गत असार २३ गते शनिबार प्रसारित उक्त कार्यक्रमको एपिसोडमा अभिनेता पल शाहसँग होस्ट सन्दीप क्षेत्रीले अन्तर्वार्ता लिएका थिए । उक्त अन्तर्वार्तामा महिलालाई मजाकको विषय बनाइएको भन्दै सामाजिक सञ्जालमा व्यापक आलोचना भएको थियो । आलोचनापछि कान्तिपुर टेलिभिजनले उक्त एपिसोडलाई हटाएको थियो ।

बिहीबार जारी सूचनामा कान्तिपुर टेलिभिजनले ‘ह्वाटफ्लप’को ठाउँमा चाँडै नै उत्कृष्ट कार्यक्रम ल्याउने जनाएको छ । अभिनेतासमेत रहेका होस्ट क्षेत्रीले सञ्चालन गर्दै आएको यो कार्यक्रम पटकपटक विवादमा पर्दै आएको छ । यसअघि मधेशी समुदायलाई मजाक गरेको भन्दै व्यापक विरोधसमेत भएको थियो ।

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १४:०१
Weather Update