सय किलो सुन प्रकरणमा सरकार सञ्चालक नै मुछिनु दुखद : सांसद घिमिरे [भिडिओ]
काठमाडौं— राष्ट्रिय सभा सदस्य विमला घिमिरेले एअरपोर्ट सुन प्रकरणमा सरकार सञ्चालकको नाम जोडिनु लज्जास्पद भएको टिप्पणी गरेकी छन् ।
राष्ट्रिय सभाको बिहिबारको बैठकको शून्य समयमा उनले एअरपोर्ट जस्तो संवेदनशील ठाउँबाट सरकारकै आड ठुलो परिणाममा सुन तस्करी हुनु दुखद भएको बताइन् । उनले भनिन् ‘एअरपोर्ट जस्तो संवेदनशील ठाउँको सुरक्षा प्रणाली र भन्सार प्रशासन समेत यसमा जोडिनु गम्भीर विषय हो र त्यसमाथि सरकार सञ्चालकसमेत यसमा जोडिनु लज्जास्पद विषय बन्न पुगेको छ ।’
उनले फोहोर व्यवस्थापन गर्न समेत ध्यानाकर्षण गराइन् ।
प्रकाशित मिति: बिहीबार, साउन ४, २०८० १३:५३
थप भिडियो