News Griha :: न्यूजगृह
नेपाली सेनाको संख्या कुनै पनि हालतमा घटाउनु हुन्न : वामदेव गौतम

काठमाडौं—  राष्ट्रिय सभाका सांसद वामदेव गौतमले नेपाली सेनाको संख्या घटाउने प्रस्तावप्रति आपत्ति जनाएका छन् ।

गौतमले राष्ट्र र जनतालाई स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार दिलाएको नेपाली सेनाको सङ्ख्यालाई घटाउने कुरा उसको अपमान बाहेक केही हुन नसक्ने तर्क समेत गरे । बिहीबार राष्ट्रिय सभा बैठकमा विशेष समय लिएर बोल्दै उनले नेपाली सेनाको संख्या कायम राख्दै औद्योगिक क्षेत्र र कृषि क्षेत्रको उत्पादन वृद्धिका लागि २ लाख सेना थप गर्नुपर्ने प्रस्ताव समेत गरे।  

उनले भने, ‘नेपाली सेनालाई यसरी हामीले अपमान गर्न हुँदैन । नेपाली सेना अहिले लगभग ९६ हजारको छ । यो सेनाको इतिहास एक पटक म दोहोर्याउन चाहन्छु । आजको नेपाली सेनाको स्थापना झण्डै २ सय ५५ वर्ष पहिले पृथ्वीनारायण शाहले स्थापना गरेका थिए । त्यो सेनाले नेपाल एकीकरणमा महत्वपूर्ण भूमिका खेल्यो ।’

सांसद गौतमले पार्टीको केन्द्रिय कार्य समिति बैठक लाइभ गरेको भन्दै कांग्रेस प्रति आभार व्यक्त गर्दै कम्युनिष्ट पार्टीहरूले पनि त्यसबाट सिकेर अघि बढनुपर्ने धारणा समेत राखे । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १५:२०
Weather Update