
काठमाडौं— राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले सय केजी सुन प्रकरणमा प्रहरी र सरकारी अधिकारीकोसमेत मिलेमतो रहेको आरोप लगाएका छन् ।
राष्ट्रिय सभा बैठकमा सांसद रायमाझीले भन्सार कर्मचारी र प्रहरीको मिलेमतो नभई यस्तो ठुलो परिणाममा सुन भित्र्याउने कुरा सम्भव नै नभएको बताए । प्रहरी र कर्मचारीले सुन ल्याउने बेला के हेरिरहेका थिए भन्दै उनले आम नागरिकले सामान्य घडि लगाउँदा कराउने डिटेक्टर किन कराएन भने ।
‘ललिता निवासको काण्डमा एउटा टिप्पणी उठाएको अधिकृतलाई बीस वर्षपछि छानविन गर्न सक्ने नेपाल प्रहरी आज १०० किलो सुन निकाल्दा नेपालको प्रहरी कहाँ गएको थियो । भन्सारको कर्मचारीको मिलेमतो विना हुन्छ ? प्रहरीको मिलेमतो विना हुन्छ यो चिज । सम्भव छैन् ।’ लाज हुन्छ कि हुँदैन ? सरकार चलाउँदै छौं कि तस्करी गर्दैछौँ भन्दै उनले सरकार सञ्चालन गर्नेहरूलाई समेत सोधे ।