News Griha :: न्यूजगृह
के शिक्षकलाई तालिम दिएपछि सामुदायिक विद्यालयको गुणस्तर सुध्रिन्छ ?

काठमाडौं— बाग्मती नगरपालिकाले विद्यार्थीको शैक्षिक अवस्था सुधार्न गर्न शिक्षकलाई सिकाइ सीपसँगै क्षमता विकास तालिम दिन सुरुआत गरेको छ ।

नगरभित्र रहेका सामुदायिक विद्यालयका शिक्षक शिक्षिकाको सिकाइ सीपसँगै क्षमता विकासको तालिम प्रदान गर्न थालिएको नगरशिक्षा शाखाका प्रमुख मिनप्रसाद उपाध्यायले जानकारी दिए ।

नगरपालिकाभित्र २५ सामुदायिक विद्यालयका करिब दुई सय शिक्षकलाई एकैपटक तालिम दिन सुरु गरिएको उनले बताए ।

शिक्षकलाई प्रविधिसँग जोड्न कम्प्युटर तालिम, बालबालिकालाई हसाउँदै खेलाउँदै पढाउनका लागि शैक्षिक सामग्री निर्माणको तालिम र राम्रो लेखनका लागि हस्तलेखन अभ्यास गराइएको छ ।

यसरी विभिन्न चरणका तालिममा सहभागी भएका शिक्षकले आआफ्नो विद्यालयमा प्रशिक्षकका रूपमा काम गर्ने नगर शिक्षा शाखा प्रमुख उपाध्यायले बताए ।

नगरले ‘मन्टेश्वरी’ शिक्षण पद्धतिअनुसार नगरका सामुदायिक विद्यालयमा पठनपाठन गराइरहेको र नगरको सामुदायिक शिक्षाको गुणस्तर सुधारमा उच्च प्राथमिकता दिएको नगर प्रमुख भरतकुमार थापाले बताए ।

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १७:१८
Weather Update