News Griha :: न्यूजगृह
कांग्रेस केन्द्रीय सदस्य शिवाकोटीको प्रश्न :  शरणार्थी प्रकरणका आरोपितलाई निलम्बन गर्न के को द्विविधा ? 

काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले भुटानी शरणार्थी प्रकरणमा आरोप लागेको व्यक्तिलाई निलम्बन गर्नु पर्ने माग गरेका छन् । 

नेपाली कांग्रेसको केन्द्रीय समितिको जारी बैठकमा केन्द्रीय सदस्य शिवाकोटीले यदि शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाणप्रति अन्याय भएको हो भने सरकार छाड्नु पर्ने बताए । 

‘कांग्रेस प्रचण्ड नेतृत्वको सरकारमा छ। यही सरकारले हाम्रा वरिष्ठ केन्द्रीय सदस्य बालकृष्ण खाणलाई अलग अलग आरोपमा पुर्पक्षका लागि थुनामा पठाएको छ । सभापतिज्यू यो प्रकरणमा हाम्रो द्विविधा अचम्मकै छ । वरिष्ठ केन्द्रीय सदस्य खाणप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्‍यो। होइन भने  आरोपितलाई निलम्बन गर्नुपर्छ कि पर्दैन,’ उनले भने, ‘कांग्रेसका कार्यकर्ताहरू कुनै पनि भ्रष्टाचारको विषयलाई पृष्ठपोषण गर्न सक्दैनन्। बरु बाघले खाए खाओस् तर कुनै पनि भ्रष्टाचारलाई काँध थाप्न सक्दैनन् र हुँदैन पनि। तर, भ्रष्टाचार हो होइन भन्ने जिम्मा लगाउन अदालतलाई छाडिदिनुपर्छ। यस्तै प्रकरणमा व्यक्ति स्वयम् जवाफदेही हुनुपर्छ । ’

 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १२:५६
Weather Update