News Griha :: न्यूजगृह
वामदेवको प्रस्ताव— प्रतिनिधि सभा सदस्यको सङ्ख्या २ सयमा १५० मा झारौं

काठमाडौं—  वामदेव गौतमले नेपाल विदेशीको नक्कल गर्ने थलो बनेको टिप्पणी गरेका छन् । 

राष्ट्रिय सभाको बैठकमा बिहीबार उनले बेलायतको नक्कल गरेर धेरै सङ्ख्याको प्रतिनिधि सभा बनाइएको भन्दै आपत्ति जनाए । 
उनले भने, ‘२७५ जनाको प्रतिनिधि सभा किन  चाहियो रु घटाउनुस् यसलाई २०० मा झार्नु २०० बनाउनु अथवा १५०—१५१ मात्र बनाउनुस् । त्यही पनि चल्छ, राष्ट्रिय सभाको सदस्य भन्न मिलेन तर प्रतिनिधि सभाको भन्दा छुट्टै अधिकार के छ ? कर्तव्य के छ ? बेलायतको नक्कल गरेर जसबेला राजाको टाउको काटेर विद्रोहीहरूले बेलायत भरी घुमाएका थिए र पछि श्रमिकहरूले विद्रोह गर्न सुरु गरेपछि ? जमिनदार र पुँजीपतिहरू मिलेर छुट्टै सदन बनाउने कार्य गरे । त्यसैलाई नक्कल  गरेर आज हामी यहाँ छौं । ’ 

उनले संसदीय प्रणालीमा मात्रै नभई, विकास निर्माण लगायत अन्य क्षेत्रमा समेत नेपालले विदेशी नक्कल गरेको उनको टिप्पणी छ । 

प्रकाशित मिति: बिहीबार, साउन ४, २०८०  १६:०५
Weather Update