सार्वजनिक जग्गा मिचेको महानगरको ठहर
वृद्धवृद्धालाई आश्रय दिइरहेको भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर

काठमाडौं— अनामनगरको देवीनगरस्थित भद्रकुमारी घले सेवा सदनको भवन महानगरपालिकाले भत्काएको छ ।
महानगर प्रहरी प्रमुख राजु पाण्डेका अनुसार सार्वजनिक जग्गा अतिक्रमण गरेर भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेकाले भन्दै महानगर प्रहरीले उक्त संरचनामा डोजर चलाइएको हो ।
उनले भने, 'यो सार्वजनिक जग्गा हो, यस्ता जग्गामा रहेको संरचना भत्किन्छ । कानूनी राज्यमा कानूनी व्यवस्था यही हो । भावनामा बग्ने छुट हामीलाई छैन् । वृद्धहरूको कोही छैन्, आफ्नो कोही छैन भने हामी मानव आश्रम सेवामा लगेर राख्ने व्यवस्था मिलाउँछौं । ’
नगरप्रहरीले तीन दिन अघि उक्त भवन खाली गर्न अल्टिमेटम दिएको थियो । भवन खाली नगराएपछि डोजर चलाएको महानगरले जनाएको छ ।
उक्त भवनमा २०६२ सालदेखि अशक्त वृद्धवृद्धालाई आश्रय दिइरहेको थियो ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० १४:५४