प्रधानमन्त्री दाहाल साउन ६ मा इटाली जाने [भिडिओ]बुधबार, साउन ३, २०८०

मतदाता अद्यावधिकको अधिकार स्थानीय तहलाई बुधबार, साउन ३, २०८० जिल्ला निर्वाचन कार्यालय भक्तपुरले मङ्गलबार आयोजना गरेको ‘निर्वाचन व्यवस्थापनमा स्थानीय तहसँगको समन्वय र सहकार्य’ विषयक अन्तरक्रिया कार्यक्रममा थपलियाले निर्वाचन आयोग ऐन, २०७३ संशोधन गरी सो व्यवस्था गर्न लागिएको बताएका हुन् ।

मन्त्रिपरिषद् बैठक बालुवाटारमा जारी बुधबार, साउन ३, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल पत्नी सीता दाहालको निधनपछि पहिलोपटक बसेको मन्त्रिपरिषद् बैठक नियमित भएको उनको सचिवालयले जनाएको छ । एक साता देखि मन्त्रिपरिषद् बैठक नबस्दा सरकारका कतिपय नियमित काम प्रभावित भएकाले आजको बैठकले विगतमा रोकिएका केही महत्वपूर्ण निर्णयहरू गर्ने जनाइएको छ ।

आजको तरकारीको मूल्य : गाजरको मूल्य घट्यो, स्याउको बढ्यो बुधबार, साउन ३, २०८० समितिले बुधबारका लागि सार्वजनिक गरेको मूल्यसूची अनुसार लोकल सानो गोलभेँडाको मूल्यमा ५ रुपैयाँ वृद्धि भएको छ । हिजोको तुलनामा लोकल सानो गोलभेँडाको मूल्य ५ रुपैयाँले बढेर प्रतिकेजी ४५ रुपैयाँ पुगेको हो । ठूलो गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी ८० रुपैयाँ रहेको छ ।

फोहोर विसर्जनमा देखिएको समस्या समाधानका लागि सर्वदलीय बैठक बस्दै बुधबार, साउन ३, २०८० फोहोर विसर्जनमा भएको अवरोध समाधानका लागि सहरी विकास मन्त्रालयले सर्वदलीय बैठक बोलाएको छ । बुधबार बिहान ११ बजे बैठक बस्दै छ । संघ सरकार र काठमाडौं महानगरपालिकासँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका– २ र धादिङको धुनीबेँसी नगरपालिका– १ का स्थानीयले विसर्जनमा अवरोध गरेका हुन् ।

दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक खस्यो, चालक र सहचालक घाइते बुधबार, साउन ३, २०८० रासायनिक मल बोकेर रुपन्देहीको भैरहवाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक बुधबार बिहान ४ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् ।

कस्तो रहला आजको मौसम ? बुधबार, साउन ३, २०८० कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू—भागका थोरै स्थानहरूमा र बाँकी भू—भागका एक—दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

ललिता निवास प्रकरण : बन्दी प्रत्यक्षीकरणको रिटमा बुधबार सुनुवाइ हुँदै बुधबार, साउन ३, २०८० उक्त रिटमा मङ्गलबार सुनुवाइ नसकिएपछि बुधबारका लागि हेर्दाहेर्दैमा राखिएको हो । सोमबारबाट सुरु भएको सुनुवाइ मङ्गलबारसम्म पनि नसकिएपछि हेर्दाहेर्दैमा राखी बुधबारका लागि पेशी तोकिएको हो ।

फोहोरको शुल्क लिने निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश मंगलबार, साउन २, २०८० सर्वोच्च अदालतले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा शुल्क लिने ककनी गाउँपालिकाको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश गरेको छ ।

शिक्षकले अबदेखि मासिक रूपमै तलब पाउने मंगलबार, साउन २, २०८० काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई मासिक रूपमै तलब उपलब्ध गराउने व्यवस्था गरेको छ ।

अर्थमन्त्री महत र भारतीय समकक्षी सीतारमणबीच भेटवार्ता, द्विपक्षीय सम्बन्धबारे छलफल मंगलबार, साउन २, २०८० भारतको गुजरातमा भइरहेको जी–२० मुलुकका अर्थ मन्त्रीहरूको बैठकका अवसरमा अर्थमन्त्री डा.प्रकाशशरण महत र भारतीय अर्थमन्त्री निर्मला सीतारमणबीच आपसी सहयोग र द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको छ ।

जम्मुकश्मीरमा चार आतंकारी मारिए मंगलबार, साउन २, २०८० भारत प्रशासित जम्मुकश्मीरमा सोमबार भएको संयुक्त सुरक्षा कारबाहीमा चार जना आतंकारी मारिएकाे भारतीय सेनाका अधिकारीहरूले मंगलबार बताएका छन् ।

शैक्षिक संस्थामा तालाबन्दी नगर्ने विद्यार्थी संगठनको प्रतिबद्धता मंगलबार, साउन २, २०८० शैक्षिक संस्थामा तालाबन्दी नगर्ने ६ विद्यार्थी संगठनहरूले प्रतिबद्धता जनाएका छन् ।


![प्रधानमन्त्री दाहाल साउन ६ मा इटाली जाने [भिडिओ]](https://newsgriha.com/uploads/posts/600X450/cabinet new1689738143.jpg)






