News Griha :: न्यूजगृह
शिक्षकले अबदेखि मासिक रूपमै तलब पाउने  

काठमाडौं— काठमाडौं महानगरपालिकाले महानगरभित्रका सामुदायिक विद्यालयका शिक्षकलाई मासिक रूपमै तलब उपलब्ध गराउने व्यवस्था गरेको छ ।

स्रोत भर्ना कोषमार्फत आफूहरूले सामुदायिक विद्यालयका शिक्षकलाई मासिक रूपमा नै तलब खुवाउने व्यवस्था गरेको उपमेयर सुनिता डंगोलले जानकारी दिइन् ।

सामुदायिक विद्यालयका शिक्षकले तीन तीन महिनामा तलब पाउने व्यवस्था संघीय सरकारले गरेको छ ।

‘यो वर्ष भित्रबाट काठमाडौं महानगरपालिका भित्रका सामुदायिक विद्यालयका शिक्षकले पनि मासिक रुपमै तलब पाउने व्यवस्था हामीले गरेका छौं,’ उपमेयर डंगोलले भनिन्,‘यो चाहीँ त्रैमासिक रूपमा केन्द्रीय सरकारबाट आउने बजेट यस पटकदेखि भने हामीले स्रोत भर्ना कोष राखेका छौं । यो मार्फतबाट चाहीँ हरेक महिना महानगरपालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षकले भने तलब मासिक रूपमा नै पाउने व्यवस्था हामीले गरेका छौं ।’

प्रकाशित मिति: मंगलबार, साउन २, २०८०  १९:१८
Weather Update