News Griha :: न्यूजगृह
फोहोर विसर्जनमा देखिएको समस्या समाधानका लागि सर्वदलीय बैठक बस्दै

काठमाडौं—  काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा बुधबार पनि स्थानीयले अवरोध गरेका छन् ।

नुवाकोट र धादिङको सीमामा पर्ने बन्चरेडाँडा ल्यान्डफिल साइटमा फोहोर विसर्जनमा स्थानीयले आइतबारदेखि अवरोध गर्दै आएका छन् ।  

फोहोर विसर्जनमा भएको अवरोध समाधानका लागि सहरी विकास मन्त्रालयले सर्वदलीय बैठक बोलाएको छ । बुधबार बिहान ११ बजे बैठक बस्दै छ । संघ सरकार र काठमाडौं महानगरपालिकासँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका– २ र धादिङको धुनीबेँसी नगरपालिका– १ का स्थानीयले विसर्जनमा अवरोध गरेका हुन्  ।

फोहोर बोकेर काठमाडौंबाट ल्यान्डफिल साइट पुगेका ट्रकलाई स्थानीयले बाटो मै रोकेका छन्  । संघ सरकार र काठमाडौं महानगरपालिकासँग यसअघि भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयले अवरोध गरेका हुन् । 

प्रकाशित मिति: बुधबार, साउन ३, २०८०  ०८:३१
Weather Update