पूर्वानुमान
कस्तो रहला आजको मौसम ?

काठमाडौं— हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जसको प्रभावले हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ।
कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ। बुधबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। देशका पहाडी भू—भागका थोरै स्थानहरूमा र बाँकी भू—भागकाएक—दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राति भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी भू—भागका आंशिकदेखि सामान्य बदली रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका केही, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक—दुई स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० ०६:२६