दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलामा ट्रक खस्यो, चालक र सहचालक घाइते

काठमाडौं— पूर्व–पश्चिम राजमार्ग अन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिव खोलाको पुलबाट ट्रक तल खसेको छ ।
रासायनिक मल बोकेर रुपन्देहीको भैरहवाबाट बाँकेको नेपालगन्जतर्फ जाँदै गरेको लु १ ख ८६०९ नम्बरको ट्रक बुधबार बिहान ४ः३० बजे दुर्घटना भएको हो । दुर्घटनामा चालक र सहचालक घाइते भएका छन् ।
ट्रक पुलको रेलिङ भाँच्दै खोलामा खसेको छ । नेपाल प्रहरी र नेपाली सेनाको टोली उद्धारमा खटिएका छन् ।
प्रकाशित मिति: बुधबार, साउन ३, २०८० ०७:०३