News Griha :: न्यूजगृह
बढ्यो गाडीभाडा [सूचीसहित]
बढ्यो गाडीभाडा [सूचीसहित] सरकारले सार्वजनिक सवारी साधनको भाडा बढाएको छ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धिसँगै यातायात व्यवस्था विभागले अन्तर प्रदेश सार्वजनिक यातायातमा यात्रुबाहक र मालवाहक सवारीको नयाँ भाडादर तोकेको हो । तोकिएको भाडादर अनुसार अब यात्रुबाहक सवारी साधनको भाडा ४.७० प्रतिशतले वृद्धि भएको छ । 
बस, जीप, मोटरसाइकल र स्कुटर ठोक्किँदा चितवनमा १० जना घाइते 
बस, जीप, मोटरसाइकल र स्कुटर ठोक्किँदा चितवनमा १० जना घाइते  पूर्वपश्चिम राजमार्गअन्तर्गत टिकौली जङ्गलमा अक्सफोर्ड कलेजको बस, शव बोकेको गाडी, स्कुटर, जीप र मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुर्घटनामा १० जना घाइते भएको र संख्या अझै बढ्न सक्ने जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । थप विवरण आउन बाँकी छ ।
विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट स्थानीयको मृत्यु भएपछि सडक बन्द
विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट स्थानीयको मृत्यु भएपछि सडक बन्द राष्ट्रिय विद्युत लाइन तान्ने क्रममा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएपछि कर्णाली राजमार्गको नाग्म गमगढी अन्तर्गत सिंजा खण्ड बन्द छ ।  उपचारको क्रममा स्थानीयको मृत्यु भएपछि सिंजा सडक खण्डको खाडापानीमा मङ्गलबारदेखि स्थानीयले  सडक बन्द गरेका हुन् । 
सांसद भण्डारीको शल्यक्रिया गर्न क्यानडाबाट आए डाक्टर, शुल्क नलिने
सांसद भण्डारीको शल्यक्रिया गर्न क्यानडाबाट आए डाक्टर, शुल्क नलिने ६ महिनाअघि आगलागीमा परी घाइते भएका सांसद भण्डारीको किर्तिपुरस्थित बर्न सेन्टर अस्पतालमा हात र पछाडिको भागको शल्यक्रिया हुन लागेको हो । शल्यक्रियाको भण्डारी अस्पतालमा भर्ना भइसकेका छन् । अस्पतालका प्रमुख प्रा.डा. शङ्कर राईले पूर्वनिर्धारित उपचार प्रक्रियाअनुसार नै भण्डारीको शल्यक्रिया गर्न लागिएको बताए ।
वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इन्डोनेसियाली सरकारको आह्वान
वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इन्डोनेसियाली सरकारको आह्वान मंगलबार इन्डोनेसियाका उद्योग मन्त्री एरिक थोहिरले देशमा वायु प्रदुषण अत्यधिक बढेको भन्दै नागरिकहरूलाई विद्युतीय सवारी साधनको प्रयोग बढाउन आह्वान गरेका हुन् । उनले सरकारले परम्परागत इन्धनबाट सञ्चालन हुने सवारीसाधनलाई बिस्थापित गरी विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिइरहेको बताए ।
अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको औपचारिक घोषणा
अनौपचारिक क्षेत्रका श्रमिकलाई कोषमा समेट्ने योजनाको औपचारिक घोषणा बुधबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी सरकारले अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई पनि सामाजिक सुरक्षा कोषमा समेट्न शुरु गरेको हो । एक कार्यक्रमबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको तर्फबाट अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार व्यक्तिलाई सामाजिक सुरक्षा कोषमा समेट्ने अभियान शुरु गरेको औपचारिक घोषणा गरे ।
घुस लिएको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिकाका २ जना कर्मचारी पक्राउ 
घुस लिएको आरोपमा सप्तरीको विष्णुपुर गाउँपालिकाका २ जना कर्मचारी पक्राउ  सेवाग्राहीबाट ५ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा कम्प्युटर अपरेटर वीरेन्द्रकुमार यादव र लेखापाल टेकनारायण यादवलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । अख्तियारका अनुसार वीरेन्द्रकुमार २ लाख रुपैयाँ नगदसहित र लेखापाल टेकनारायण घुस बापत लिएको तीन लाख रुपैयाँको चेकसहित पक्राउ परेका हुन् ।
चन्द्र भण्डारी अस्पताल भर्ना
चन्द्र भण्डारी अस्पताल भर्ना भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित उपचारका क्रममा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ । गत फागुन ३ गते बुद्धनगरस्थित घरमा आगलागी हुँदा आमा हरिकलासँगै भण्डारी गम्भीर घाइते भएका थिए ।
पर्वतमा पहिरोले विद्यालय पुरियो
पर्वतमा पहिरोले विद्यालय पुरियो लगातारको वर्षाका कारण पहिरोले पर्वतमा विद्यालय पुरिएपछि पठनपाठनमा समस्या भएको छ । फलेवास नगरपालिका–२ थापाठानास्थित थापाठाना माध्यमिक विद्यालयको दुई वटा भवन पहिरोले पुरिएका हुन् ।
कति पुग्यो गोलभेँडासहित तरकारीको मूल्य ?
कति पुग्यो गोलभेँडासहित तरकारीको मूल्य ? कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार बुधबार डल्ले च्याउको मूल्य प्रतिकेजी ५० रुपैयाँले बढेर आउँदा भन्टा, घिउ सिमी गाँजरलगायतका हरियो तरकारीमा १० रुपैयाँ मूल्य घटेको छ ।
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा फारम खुल्यो
कक्षा १२ को ग्रेड वृद्धि परीक्षा फारम खुल्यो राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेड वृद्धि (पूरक) परीक्षाका लागि आवेदन फारम खुला गरेको छ । मंगलबार परीक्षाफल प्रकाशित गरेको बोर्डले फारम खुला गरेको हो । 
सरोकारवालासँग छलफल गरी यथाशीघ्र शिक्षा ऐन ल्याइयोस् : अध्यक्ष तिवारी
सरोकारवालासँग छलफल गरी यथाशीघ्र शिक्षा ऐन ल्याइयोस् : अध्यक्ष तिवारी नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले संघीय शिक्षा ऐन २०८० ल्याउन कुनै पनि बहानामा ढिला गर्न नहुने बताएका छन् ।
Weather Update