News Griha :: न्यूजगृह
८ सवारीसाधन एकै ठाउँमा ठोक्किँदा चितवनमा २० जना घाइते, सात गम्भीर [अपडेट]

चितवन— भरतपुर महानगरपालिका– ९  टिकौली जङ्गलमा एकै ठाउँमा ८ सवारीसाधन एकै समयमा ठोक्किएर दुर्घटना हुँदा २० जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार सुरुमा ना १ क ६१३१ नं को कलेज बस, ना २ च ८४४६ नं को शव बोकेको जीप ठोक्किएका थिए । त्यसपछि उनीहरूसँग बा. प्र. ०६–००१ प ९९८१,  बा.प्र. ०३–००५  प ९७, ना ६२ प ६०३२, बा. प्र. ०३–००१  प ४१४७  मोटरसाइकल र बा. प्र. ०६–००१  प २२९४ र बा. प्र. ०३–००२ प ४१९८ नं को स्कुटर ठोक्किएका हुन् ।

दुर्घटनामा २० जना घाइते भएका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए। घाइतेमध्ये १२ जनाको भरतपुर अस्पतालमा, ७ जनाको पुरानो मेडिकल कलेजमा र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेमध्ये भरतपुर अस्पतालमा उपचाररत सात जनाको अवस्था गम्भीर रहेको छ भने अन्यको अवस्था सामान्य रहेको उनले बताए । 
 

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १५:१६
Weather Update