गण्डकीमा ८० हजार पशुमा लम्पी स्किन, साढे चार हजार पशु मरेबिहीबार, साउन ३२, २०८०

अमेरिकामा मृतकका परिवारलाई सात सय डलर दिने घोषणापछि सरकारको विरोध बिहीबार, साउन ३२, २०८० आलोचकहरूले उक्त सहायता रकम अपमानजनक भएको बताएका छन् । संघीय आपत कालीन व्यवस्थापन एजेन्सी (फेमा)ले हवाईका बासिन्दाहरूलाई सहयोग गर्न तीन सय फेमा कर्मचारी र १४० खोज तथा उद्धार टोली खटाएको बताएको छ ।

पहिरो जोखिमका सर्वसाधरणलाई सेनाद्वारा उद्धार बिहीबार, साउन ३२, २०८० तनहुँ जिल्लाको शुक्लागण्डकी नगरपालिका–४ पुल्चोकस्थित सेती नदी किनारामा रहेका घरहरू जमिन भासिएर नदीमा खस्ने जोखिमका कारण स्थानीयको उद्धार गरिएको सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

पीडित पक्षको माग पूरा भएसँगै खुल्यो नाग्म-गमगढी सडक बिहीबार, साउन ३२, २०८० मृतकको परिवालाई उचित क्षतिपूर्ति दिनुपर्ने र चालकलाई कारबाहीको माग गर्दै स्थानीयले मंगलबारदेखि विरोध गर्दै अएका थिए । तर, बुधबार स्थानीय र मृतकका आफन्तले दिनभरि सडक अवरुद्ध गरेका थिए ।

सन्दीप लामिछानेविरुद्ध मुद्दाको अन्तिम सुनुवाइ आज, के होला फैसला ? बिहीबार, साउन ३२, २०८० सन्दीप प्रतिवादी रहेको बलात्कार मुद्दाको पेसीमा कुनै फेरबदल नआए बिहीबार नै मुद्दाको किनारा लाग्ने भएको हो । उनीविरुद्धको मुद्दामा आरोपित पक्षले पीडित भनिएकी किशोरीको उमेरमा विवाद हुँदा मुद्दा लम्बिएको थियो ।

स्थानीय पाठ्यक्रम तयार पार्न नाम्खा गाउँपालिकाले गठन गर्यो समिति बिहीबार, साउन ३२, २०८० हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण गर्नका लागि समिति गठन गरेको छ ।

कक्षा १२ को परीक्षामा आधा फेल भएको विषय निकै गम्भीर : बाबुराम भट्टराई बिहीबार, साउन ३२, २०८० नेपाल समाजवादी पार्टी (नेसपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले कक्षा १२ को परीक्षामा ३ लाख ७२ हजार ६ सय विद्यार्थीमध्ये आधा मात्र पास र आधा फेल भएको विषय निकै गम्भीर भएको बताएका छन् ।

जमिन भासिँदै गएपछि गोरखाको खानीगाउँ पहिरोको जोखिममा बिहीबार, साउन ३२, २०८० उत्तरी गोरखाको धार्चे गाउँपालिका–७, खानीगाउँ पहिराेको जोखिममा छ । पहिरोका कारण बस्ती भएको जमिन चिराचिरा परेको छ । यहाँ ३२ घर पहिरोको उच्च जोखिममा छन् ।

टीकापुर घटनाको पूर्णपाठ : फौजदारी मुद्दामा राजनीतिक सौदाबाजी बिहीबार, साउन ३२, २०८० सर्वोच्च अदालतले कैलालीको टीकापुर घटनाको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । २०७२ सालमा एक नाबालकसहित ८ जना प्रहरीको ज्यान जाने गरी भएको हत्याकाण्डबारे जेठ २ गते सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले गरेको फैसलाको पूर्णपाठ सार्वजनिक गरिएको हो ।

काठमाडौं उपत्यकामा विशेष मनाइने गुँला पर्व सुरु बिहीबार, साउन ३२, २०८० मानव जीवनलाई राम्रो गर्ने नियमलाई पालना गरेर मनाइने गुँला पर्व बिहीबारदेखि सुरु भएको छ । यो पर्व काठमाडौं उपत्यकामा विशेषरूपमा मनाइन्छ ।

बिहीबार दिनभर कहाँ–कहाँ छ वर्षाको सम्भावना ? बिहीबार, साउन ३२, २०८० जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले बिहीबार कोशी र बाग्मती प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

बिहीबार अमेरिकी डलरकाे खरिद दर १३२ रुपैयाँ ४३ पैसा बिहीबार, साउन ३२, २०८० नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।

मौसम : यी जिल्लामा वर्षा बिहीबार, साउन ३२, २०८० देशका केही स्थानमा गए रातिबाट भारी वर्षा भइरहेको छ । गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङजा, पाल्पा, सिन्धुपाल्चोक, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, नवलपरासी, रूपन्देही, दाङ, बर्दिया, दार्चुलामा भारी वर्षा भएको हो ।









