News Griha :: न्यूजगृह
मौसम : यी जिल्लामा वर्षा

काठमाडौं— देशका केही स्थानमा गए रातिबाट भारी वर्षा भइरहेको छ । 

गोरखा, लमजुङ, कास्की, पर्वत, स्याङजा, पाल्पा, सिन्धुपाल्चोक, इलाम, झापा, मोरङ, सुनसरी, सप्तरी, चितवन, नवलपरासी, रूपन्देही, दाङ, बर्दिया, दार्चुलामा भारी वर्षा भएको हो ।

सिन्धुपाल्चोकको गुम्थाङ, धाप, भोताङलगायत धेरै स्थानमा भारी वर्षा मापन भएको छ । मेलम्ची नदी, नकोटेको बाढीमापन केन्द्रमा जलसतह बढेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार मेलम्चीको तटीय क्षेत्रमा आकस्मिक बाढी आउनुका साथै आसपासको कमजोर भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले बिहान १० बजेसम्म उच्च सतर्कता अपनाउनुपर्नेछ ।

प्रकाशित मिति: बिहीबार, साउन ३२, २०८०  ०६:२०
Weather Update