शिक्षक महासंघको आन्दोलन : बिहीबार सामाजिक विकास मन्त्रालयमा धर्ना दिनेबिहीबार, साउन ३२, २०८०

संसद् अवरुद्धले व्यवस्थाप्रति वितृष्णा : लेखक बुधबार, साउन ३१, २०८० नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद् चल्न नदिँदा व्यवस्थाप्रति वितृष्णा पैदा हुनसक्नेतर्फ प्रमुख प्रतिपक्षी दललाई सचेत गराएका छन् ।
संयुक्त विद्यार्थी संगठनले गर्यो प्रस्तावित शिक्षा ऐनविरुद्ध प्रदर्शन बुधबार, साउन ३१, २०८० संयुक्त विद्यार्थी संगठनले प्रस्तावित शिक्षा ऐनविरुद्ध प्रदर्शन गरेको छ ।

रेशम चौधरी मुद्दा फैसलाको पूर्णपाठ सार्वजनिक बुधबार, साउन ३१, २०८० सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।

शिक्षा विधेयक संसदमा दर्ता गर्न माग गर्दै प्रमुख सचेतकहरूलाई ध्यानाकर्षण बुधबार, साउन ३१, २०८० शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले सार्वजनिक शिक्षा प्रणालीको सुदृढीकरणलाई प्राथमिकता दिँदै संघीय शिक्षा विधेयकमा सम्बोधन हुनुपर्ने सवालबारे प्रमुख दलका सचेतकहरूलाई ध्यानाकर्षण गराएको छ ।

ललिता निवास प्रकरण : यी २ आरोपित रिहा, अन्यको म्याद थप बुधबार, साउन ३१, २०८० ललिता निवास सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका २ जना आरोपित रिहा भएका छन् ।

बेनी–जोमसोम सडकको म्याग्दी खण्ड राति बन्द बुधबार, साउन ३१, २०८० मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकको म्याग्दी खण्डमा रातको समयमा यातायातका साधन सञ्चालन गर्न बन्द गरिएको छ ।

यस्ता माग राखेर शिक्षकहरूले बुझाए मन्त्रीलाई ध्यानाकर्षण पत्र बुधबार, साउन ३१, २०८० बाग्मती प्रदेश सामाजिक विकास मन्त्री कुमारी मोक्तानलाई शिक्षकहरूले ध्यानाकर्षण पत्र बुझाएका छन् ।

सूर्यविनायकका विद्यालय २ दिन बन्द बुधबार, साउन ३१, २०८० भक्तपुरको सूर्यविनायक नगरपालिकाले बिहीबार र शुक्रबार २ दिन विद्यालय बन्द गरेको छ ।

मर्चवारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित ७ विरुद्ध भ्रष्टाचार मुद्दा बुधबार, साउन ३१, २०८० रुपन्देहीको मर्चवारी गाउँपालिका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाविरुद्ध १३ लाख ४५ हजार रुपैयाँ भ्रष्टाचार मुद्दा दायर भएको छ ।

‘शिक्षा ऐनले शिक्षक कर्मचारीका अधिकार कटौती गर्यो’ बुधबार, साउन ३१, २०८० संघीय शिक्षा ऐन २०८० को प्रस्तावित मस्यौदामा आफूहरूको अधिकारी कटौती गरिएको शिक्षकहरूले बताएका छन् । त्यसकाविरुद्ध शिक्षकहरूले आन्दोलन गरेका छन् ।

विमानस्थलको सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्छ : प्रधानमन्त्री प्रचण्ड बुधबार, साउन ३१, २०८० प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय सुरक्षाको पहिलो ढोकाको रूपमा रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको समग्र व्यवस्थापन र सुरक्षा व्यवस्थामा व्यापक हेरफेर ल्याउनुपर्ने बताएका छन् ।बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित एक बैठकमा उनले विमानस्थलको सुरक्षा प्रबन्ध व्यवस्थित गर्न ठोस कदम चाल्नुपर्नेमा जोड दिए ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गरिने बुधबार, साउन ३१, २०८० पोखरामा बुधबार आयोजित एक कार्यक्रममा उनले भने, ‘पोखरालाई पर्यटकीय राजधानीका रुपमा घोषणा गर्न नेपाल सरकारलाई आग्रह गरेका छौँ । नेपाल सरकारले बेवास्ता गरी आनाकानी गरेमा सन् २०२३ भित्र गण्डकी प्रदेश सरकारले भए पनि पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्ने छ ।’









