काठमाडौं— संयुक्त विद्यार्थी संगठनले प्रस्तावित शिक्षा ऐनविरुद्ध प्रदर्शन गरेको छ । बुधबार काठमाडौंको माइतीघरमा संगठनले शिक्षामा निजीकरणरण र व्यापारीकरणको अन्त्य सहितको समग्र शिक्षा ऐनको माग गर्दे विरोध प्रदर्शन गरेको हो ।
कार्यक्रममा क्रान्तिकारीको असन्तुष्ट समूहका संयोजक पवन कार्कीले देशमा शिक्षा, स्वाथ्य, रोजगार आम नागरिकको मौलिक अधिकार भनेर लेखिएको भए पनि संविधान बनेको ८ वर्षसम्म कार्यान्वयन नभएको भन्दै आक्रोश पोखे ।
उनले भने,‘शिक्षा, स्वाथ्य, रोजगार आम नागरिकको मौलिक अधिकार भनेर संविधानमा लेखिएको छ । त्यो कुरा कहिले कार्यान्वयन हुने ? भन्ने प्रश्न गम्भीर छ । यो प्रश्नको हल खोज्न सडकमा आएका हौं । संविधानमा लेखेको कुरा कि कार्यान्वयन गर्नु पर्छ कि संविधान मान्दैनौं ।’
उनले देशमा निजी शिक्षाको अन्त्य शिक्षामा व्यापार भइरहेको भन्दै निजी शिक्षाको अन्त्य हुनुपर्ने माग गरे ।













