News Griha :: न्यूजगृह
ललिता निवास प्रकरण : यी २ आरोपित रिहा, अन्यको म्याद थप

काठमाडौं— ललिता निवास सार्वजनिक जग्गा हिनामिना प्रकरणमा अनुसन्धानका लागि थुनामा रहेका २ जना आरोपित रिहा भएका छन् ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को हिरासतमा रहेका मालपोत कार्यालयका तत्कालीन प्रमुख धर्म गौतम र समरजंग कम्पनीका पूर्वप्रमुख लोकहरि घिमिरेलाई जिल्ला अदालत काठमाडौंले रिहा गर्न आदेश दिएको हो ।

सीआईबीका एसपी नवराज अधिकारीका अनुसार उनीहरूलाई उमेर र स्वास्थ्यको कारण देखाएर अदालतले रिहा गर्न आदेश दिएको हो ।

सीआईबीको हिरासतमा रहेका अन्य आरोपितलाई भने जिल्ला अदालतले ५ दिन थप हिरासतमा राख्न अनुमति दिएको छ ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेको अनियमितता प्रकरणमा सीआईबीले सरकारी कागजात कीर्ते मुद्दामा अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: बुधबार, साउन ३१, २०८०  १९:३८
Weather Update