
काठमाडौं— नेपाल शिक्षक महासंघले बिहीबार ७ वटै प्रदेशका सामाजिक विकास मन्त्रालय (शिक्षा मन्त्रालय) मा धर्ना दिने भएको छ ।
महासंघको आन्दोलनका कार्यक्रमा अन्तर्गत बिहीबार सो मन्त्रालयमा धर्ना दिन लागिएको हो ।
यसअघि २८ गते पालिका र ३० गते शिक्षा विकास र समन्वय इकाईमा महासंघले धर्ना दिएको थियो ।
प्रस्तावित शिक्षा ऐन सच्याउन माग गर्दै महासंघले आइतबारदेखि आन्दोलन सुरु गरेको हो ।
बिहीबार सबै प्रदेशका महासंघ तथा यसका आबद्ध/सम्बद्ध संस्थाका प्रदेश समिति तथा जिल्ला समितिका पदाधिकारी तथा सदस्यहरू जम्मा भई प्रदेशको सामाजिक विकास मन्त्रालयमा ३ घण्टा (११ः०० बजे देखि २ः०० बजेसम्म) धर्ना कार्यक्रम हुनेछ ।
धर्ना समापन सँगै ३० बुँदे र ५१ बुँदे सहमतिका छायाप्रतिसहित केन्द्रबाट पठाएको जानकारी पत्र पेस गरिनेछ ।
कार्यक्रमको संयोजन महासंघको प्रदेश समिति तथा आबद्धरसम्बद्ध संस्थाका प्रदेश समितिले गर्नेछन् ।













