रेशम चौधरी मुद्दा फैसलाको पूर्णपाठ सार्वजनिक

काठमाडौं— सर्वोच्च अदालतले टीकापुर घटनामा दोषी ठहर भएका रेशम चौधरीको फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ ।
उनी दोषी ठहर भए पनि सरकारको माफीका कारण रिहा भइसकेका छन् । सर्वोच्चले बुधबार उक्त फैसलाको पूर्णपाठ सार्वजनिक गरेको हो ।
जन्मकैदको सजाय भोगिरहेका पूर्वसांसद चौधरीलाई सर्वोच्चले गत जेठ २ गते जिल्ला तथा उच्च अदालतले गरेको निर्णयलाई नै सदर गर्ने फैसला सुनाएको थियो ।
आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले उक्त फैसला गरेको हो ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० २०:२८













