सरोकारवालासँग छलफल गरी यथाशीघ्र शिक्षा ऐन ल्याइयोस् : अध्यक्ष तिवारी
काठमाडौं— नेपाल विद्यालय कर्मचारी परिषद् राष्ट्रिय समितिका अध्यक्ष गंगाराम तिवारीले संघीय शिक्षा ऐन २०८० ल्याउन कुनै पनि बहानामा ढिला गर्न नहुने बताएका छन् ।
सरकारले शिक्षा ऐनलाई संसदमा टेबुल गर्ने जिकिर गरिरहँदा अध्यक्ष तिवारीले सरोकारवालासँग छलफल गरी ऐन ल्याउनुपर्ने बताए ।
उनले शिक्षामा चरम बेथिति बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । उनले भने,‘शिक्षा ऐन ल्याउन अब ढिला नगरौं । शिक्षामा बेथिति अति भयो । समग्र सरोकारवालासँग छलफल गरी यथाशीघ्र ऐन ल्याइयोस् ।’
प्रस्तावित शिक्षा ऐनमा शिक्षक तथा कर्मचारीका माग सम्बोधन नगरिएको भन्दै नेपाल शिक्षक महासंघको नेतृत्वमा आन्दोलन चलिरहेको छ ।
प्रकाशित मिति: बुधबार, साउन ३१, २०८० ०७:२३













