
काठमाडौं— कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार बुधबार डल्ले च्याउको मूल्य प्रतिकेजी ५० रुपैयाँले बढेर आउँदा भन्टा, घिउ सिमी गाँजरलगायतका हरियो तरकारीमा १० रुपैयाँ मूल्य घटेको छ ।
बुधबार बजारमा तितो करेला, लौका, भटमासकोशा लगायतका तरकारीमा प्रतिकेजी १० रुपैयाँले मूल्य बढेको छ । बुधबार बजारमा गोलभेँडाको न्यूनतम मूल्य प्रतिकेजी १४० रुपैयाँ तोकिएको छ ।
लोकल सानो गोलभेँडाको मूल्य मंगलबारको तुलनामा २२ रुपैयाँले बढेर ८२ रुपैयाँ प्रतिकेजी पुगेको छ । सोही गोडभेँडा मंगलबार प्रतिकेजी ६० रुपैयाँमा किनबेच भएको थियो । रातो आलुको मूल्य ५० रुपैयाँ कायम रहँदा भारतीय सुकेको प्याज प्रतिकेजी ५८ रुपैयाँ रहेको छ ।
बुधबार स्थानीय काउलीको मूल्य प्रतिकेजी ५० रुपैयाँ तोकिएको छ । कन्य च्याउको मूल्य मंगलबारको तुलनामा बुधबार स्थिर रहेको छ । च्याउ २०० रुपैयाँ प्रतिकेजीमा पाइने छ । तर,डल्ले च्याउमा भने प्रतिकेजी ५० रुपैयाँले बढेर बुधबार ४०० पुगेको छ ।
गाँजरको मूल्य प्रतिकेजी १० रुपैयाँले घटेर आएको छ । बुधबार गाँजर प्रतिकेजी ९० रुपैयाँ तोकिएको छ । घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ५०, मकै बोडी ६०, भटमासकोशा १०० रुपैयाँ तोकिएको छ । तितो करेला ५०, लौका ६०, परवल ६०, घिरौंला ३०, फर्सी पाकेको ५०, काँक्रो लोकल ५० रुपैयाँ प्रतिकेजीमा खरिदबिक्री भइरहेको छ ।
केरा दर्जनको १४० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य मंगलबारको तुलनामा स्थिर प्रतिकेजी ३५० नै रहेको छ । कागती १२०,अनार प्रतिकेजी ३० रुपैयाँले घटेर बुधबार ३२० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । तरबुजा हरियो ६०, मौसम १२०,कालो अंगुर ४०० र नासपाती लोकल ७० रुपैयाँ प्रतिकेजी न्यूनतम मूल्य तोकिएको छ ।













