मानसिक समस्याबाट पीडित थिइन् डा प्रतिभा, घर बिदामा रहेका बेला अकल्पनीय मृत्यु!शुक्रबार, चैत १६, २०८०

दोहा उडेको नेपाल एअरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइयो शुक्रबार, चैत १६, २०८० काठमाडौंबाट कतारको दोहाका लागि उडेको नेपाल एअरलाइन्सको जहाजमा प्राविधिक समस्या देखिएपछि पुन: काठमाडौंमै ल्यान्ड गरिएको छ। बिहीबार राति ११ बजेतिर काठमाडौंबाट दोहाका लागि उडेको वाइडबडी ए३३० मा उडेको केही समयमै प्राविधिक समस्या देखिएको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले उक्त जहाज करिब ७० नटिकल माइल उडेपछि पुन: काठमाडौं आएर ल्याण्ड भएको...

एसईई परीक्षा अनुगमनको नाउमा पटक-पटक परीक्षा केन्द्रमा नजान बोर्डको निर्देशन शुक्रबार, चैत १६, २०८० राष्ट्रिय परीक्षा बोर्डले परीक्षा निरीक्षणको नाममा माध्यामिक शिक्षा परीक्षा (एसईई) हलमा धेरै सङ्ख्यामा मानिसहरू नजान निर्देशन दिएको छ। बिहीबारदेखि सुरु भएको यो वर्षको एसईई परीक्षामा निरीक्षणको नाममा आधिकारिक व्यक्ति भन्दा अन्य पटक–पटक धेरै सङ्ख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा गएकाले परीक्षार्थीलाई त्यसले लेखन कार्यमा असहज भएको गुनासो आएकाले बोर्डले धेरै...

काठमाडौंको छाउनीमा झुण्डिएको अवस्थामा भेटिएकी डाक्टरको उपचारका क्रममा मृत्यु शुक्रबार, चैत १६, २०८० काठमाडौंको छाउनीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी १ जना डाक्टरको उपचारका क्रममा मृत्यु भएको छ। डाक्टर प्रतिभा धवडेल बिहीबार बिहान ८ बजेतिर छाउनीस्थित आफ्नै घरमा झुण्डिएको अवस्थामा भेटिएकी थिइन्। श्रीमान् डा कविराज भण्डारीले श्रीमती प्रतिभालाई शौचालयमा झुण्डिएको अवस्थामा फेला पारेका थिए।

काठमाडौंमा गुण्डागर्दी गर्ने प्रशान्त लिम्बू पेस्तोल र चक्कुसहित पक्राउ शुक्रबार, चैत १६, २०८० काठमाडौंको कपन क्षेत्रमा गुण्डागर्दीमा संलग्न १ जना व्यक्ति पेस्तोलसहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा ताप्लेजुङको फुङलिङ नगरपालिका–९ घर भइ हाल काठमाडौं महानगरपालिका–६ सरस्वतीनगर बस्ने २८ वर्षीय प्रशान्त पराङदेवा लिम्बू छन्। प्रहरीका अनुसार लिम्बू कपन क्षेत्रमा गुण्डागर्दीमा संलग्न थिए। कपन क्षेत्रमा गुण्डागर्दी बढेको सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंले चलाएको सर्च अभियानका...

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा बढुवा सिफारिस शुक्रबार, चैत १६, २०८० सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसी) दीपक अधिकारीलाई सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ। बिहीबार बसेको बढुवा समितिको बैठकले एसएसपी अधिकारीलाई रिक्त डीआईजी पदमा बढुवा गरिएको हो।

दुर्गा प्रसाईले बोकेको हतियार छानबिन गर्न समिति गठन शुक्रबार, चैत १६, २०८० सरकारले दुर्गा प्रसाईले बोकेको हतियार छानबिन गर्न समिति गठन गरेको छ। गृहमन्त्रालयका सहसचिव राजेन्द्रदेव पाण्डे नेतृत्वको चार सदस्यीय छानबिन समिति गठन भएको छ। समितिमा गृहमन्त्रालयकै उपसचिव (कानून) ऋषि पौडेल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक सन्तोष भट्टराई सदस्य छन्। छानबिन समितिको सदस्य सचिवका रुपमा गृहमन्त्रालयका उपसचिव एकदेव अधिकारी रहेका छन्।

तीर्थयात्री सवार बस दुर्घटनामा ४५ जनाको मृत्यु शुक्रबार, चैत १६, २०८० दक्षिण अफ्रिकामा बस दुर्घटना हुँदा ४५ जनाको मृत्यु भएको छ। दुर्घटनामा एक ८ वर्षीय बालिकाको जीवितै उद्दार गरिएको छ। उनको पनि अवस्था गम्भीर छ। बोत्स्वानाको राजधानी गेबोरोनबाट मोरिया शहरतर्फ गइरहेको तिर्थयात्री बोकेको बस बिहीबार अनियन्त्रित भएर उत्तरपूर्वी लिम्पोपो प्रान्तमा दुर्घटनाग्रस्त भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
स्थानीय सरकारले तिर्न बाँकी सडक बत्तीको बक्यौता ६ अर्ब, उठाउन ताकेता गर्दै प्राधिकरण शुक्रबार, चैत १६, २०८० ‘देशभरका विभिन्न स्थानीय तहहरूले सडक बत्ती प्रयोग गरे बापत करिब ६ अर्बभन्दा बढीको विद्युत् महसुल नेपाल विद्युत् प्राधिकरणलाई तिर्न/बुझाउन बाँकी रहेको छ । सो बारे सार्वजनिक सूचना र पत्राचारमार्फत् जानकारी गराइँदै आएको व्यहोरा अवगत नै छ । बक्यौता महसुल नतिर्ने र बिनामिटर जडान गरिएका सडक बत्ती नेपाल विद्युत् प्राधिकरणबाट हटाइने...

विराट गोल्डकपमा भुटानको विजयी सुरुवात शुक्रबार, चैत १६, २०८० गएराति भएको उद्घाटन खेलमा नेपाल पुलिस क्लबलाई ३–० ले पराजित गर्दै भुटानको आरटीएफसीले जित निकालेको हो। भुटानी टोलीले मध्यान्तर अगाडि दुई गोल गरेर आफूलाई अग्रता दिलाएको थियोभने त्यसपछि पनि अर्को गोल थपेर विभागीय टोलीलाई पाखा लगाएको थियो । खेल सुरु भएको ३६औँ मिनेटमा किन्ले ग्यालसेन, ४०औँ मिनेटमा सिद्धार्थ गुरुङ र...

कुलो खन्न गएकी महिलाको जलेर मृत्यु शुक्रबार, चैत १६, २०८० पातालीसैन सामुदायिक वनमा सिँचाइ गर्न कुलो खन्न गएकी उनी वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन्। कुलो खन्न २५ जनाको समूह उक्त वनमा गएको थियो। उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएको थियो। उनको निसर्ग अस्पतालमा आज बिहान १ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब...

मौसमको सुधार आइतबारदेखि शुक्रबार, चैत १६, २०८० महाशाखाका मौसमविद् राजु प्रधानाङ्गले स्थानीय वायुको प्रभाव, नेपाल नजिकै रहेको न्यून चापीय वायुको प्रभाव, बङ्गालको खाडीबाट आएको वाफयुक्त वायु नेपालतिर आएका कारण विशेष गरी मुलुकको पूर्वी क्षेत्रमा प्रि–मनसुन सक्रिय भएको बताए। ‘हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षा...

आज एसईईका परीक्षार्थीले अनिवार्य नेपालीको परीक्षा लेख्दै शुक्रबार, चैत १६, २०८० माध्यमिक शिक्षा परीक्षा (एसईई) जारी छ। बिहीबारदेखि सुरु भएको एसईईको आज दोस्रो दिन हो। हिजो अनिवार्य अंग्रेजीको परीक्षामा सहभागी भएका विद्यार्थीले आज अनिवार्य नेपालीको परीक्षा दिँदैछन्। देशभरका दुई हजार ६४ परीक्षा केन्द्रबाट पाँच लाख चार हजार चार सय १४ परीक्षार्थी परीक्षामा सहभागी छन्।









