एक वर्षमा देशभर ५९ हजार ६१ वटा अपराधका घटना, ७ हजार एक सय ९४ जनाले गरे आत्महत्या बिहीबार, चैत १५, २०८०
भाइको सट्टामा एसईई दिने दाइ पक्राउ बिहीबार, चैत १५, २०८० ख प्रहरीले एकजना नक्कली परीक्षार्थीलाई पक्राउ गरेको छ।त्रिभुवन माध्यमिक विद्यालय केन्द्रमा भाइको सट्टामा एसईई परीक्षा दिइरहेका परीक्षार्थीलाई प्रहरीले पक्राउ गरेको हो।नक्कली परीक्षार्थी भन्ने निश्चित भएपछि प्रहरीको जिम्मा लगाइएको केन्द्राध्यक्ष निकर बहादुर तारीमाले जानकारी दिए।

विदेशी मुद्रासहित विमानस्थलबाट तीन जना पक्राउ बिहीबार, चैत १५, २०८० विदेशी मुद्रासहित क्यानडाका दुई र नेपाली एक गरी तीनजना काठमाडौंबाट पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाली मूलका क्यानेडियन नागरिक ५१ वर्षीय पेमा दोर्जे दोथार र ३४ वर्षीय तेन्जिङ देलेक तथा ७२ वर्षीया नेपाली नागरिक नग्वाङ पाल्मु लामा छन्।

क्रोएसिया र पोर्चुगल पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ बिहीबार, चैत १५, २०८० पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–२ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–१० बस्ने ३६ वर्षीय मिङमार लामा र लम्जुङ मध्य नेपाल नगरपालिका–५ घर भई ललितपुर, ललितपुर महानगरपालिका–२५ मगरगाउँ बस्ने ३६ वर्षीय प्रकाश वंशी ठकुरी छन्।

भयावह बन्दै सडक दुर्घटना, पाँच वर्षमा ११ हजारको मृत्यु बिहीबार, चैत १५, २०८० नेपालमा सवारी दुर्घटनाका कारण वार्षिक हजारौँ व्यक्तिले अकालमा ज्यान गुमाउँदै आएका छन् भने हजारौँ व्यक्तिहरु अङ्गभङ्ग तथा घाइते हुने गरेका छन् । सडक दुर्घटनाबाट गत पाँच वर्षमा ११ हजार तीन सय पाँच जनाले अकालमा ज्यान गुमाएका छन् भने २७ हजार सात सय २६ व्यक्ति गम्भीर घाइते भएका छन् ।प्रहरी...

साढे दुई घण्टा काठमाडौंको आकाशमा ‘होल्ड’ भएको श्री एअरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण बिहीबार, चैत १५, २०८० धनगढीबाट काठमाडौंका लागि उडेको श्री एअरलाइन्सको जहाज भैरहवामा आपतकालीन अवतरण गरिएको छ।बिहान ७:१२ बजे धनगढीबाट उडेको जहाज मौसम खराव भएका कारण काठमाडौं अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो।

एसईईको पहिलो दिन, शान्तिपूर्ण रूपमा परीक्षा सञ्चालन बिहीबार, चैत १५, २०८० राष्ट्रिय परीक्षा बोर्डले आजदेखि सञ्चालन गरेको यस वर्षको एसईई परीक्षा देशभरका दुई हजार ६४ परीक्षा केन्द्रमा एकैसाथ शान्तिपूर्ण रुपमा सुरु भएको छ । आज बिहान ८ बजेबाट देशभर एकै साथ सुरु भएको हो । चैत २७ गते सम्पन्न हुने परीक्षाको पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा भएको बोर्डका अध्यक्ष प्रा डा...
प्रतिकूल मौसमले हवाई उडान प्रभावित बिहीबार, चैत १५, २०८० प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी कमजोर हुदाँ केही अन्तर्राष्ट्रिय उडान प्रभावित भएको बताए।

मुटुको चालमा गडबडी भएपछि जेलमा रहेका पूर्वमन्त्री टोपबहादुर अस्पताल भर्ना बिहीबार, चैत १५, २०८० भुटानी शरणार्थी प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्। मुटुसम्बन्धि समस्या देखिएपछि रायमाझीलाई मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ। उनी अहिले चिकित्सकको निगरानीमा अस्पतालमै छन्। रायमाझीलाई हिजो अस्पताल भर्ना गरिएको हो। चिकित्सकले उनलाई ४८ घण्टा निगरानीमा बस्न सुझाएका छन्।

प्रहरीका ८ डीएसपी एसपीमा बढुवा सिफारिस बिहीबार, चैत १५, २०८० प्रहरीमा जनपद समूहतर्फ ८ जना डीएसपीहरुलाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ।डीएसपीहरु ढकेन्द्र खतिवडा, अंगुर जिसी, यादव ढकाल, सन्तोष तामाङ, श्याम बाबु ओलिया, निरञ्जन दत्त भट्ट, राजन लिम्बू र विनोद घिमिरेलाई एसपीमा बढुवा गर्न सिफारिस गरिएको छ। उनीहरू २०७२ साउन १ मा इन्स्पेक्टरबाट डीएसपीमा बढुवा भएका थिए।

अंग्रेजीबाट राखिएका विद्यालयको नाम फेर्न महानगरको एक महिने अल्टिमेटम! बिहीबार, चैत १५, २०८० काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयको नाम नेपालीकरण गर्न विद्यालयलाई एक महिनाको समय दिएको छ। महानगरपालिकाको शिक्षा विभागद्वारा जारी सूचनामा शिक्षा नियमावली २०५९ को नियम १५४ (१) तथा काठमाडौं महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्किने गरी विद्यालयको नामकरण गर्नुपर्ने व्यवस्था रहेको उल्लेख...

कोशी, बागमती र गण्डकीका केही ठाउँमा वर्षा जारी बिहीबार, चैत १५, २०८० अहिले बिहान देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागको थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आईपीएल: मुम्बई हैदरावादसँग ३१ रनले पराजित बिहीबार, चैत १५, २०८० सनराइजर्स हैदरावादले मुम्बई इण्डियन्सलाई पराजित गरेको छ। हैदरावादले आईपीएल इतिहासकै सबैभन्दा ठुलो २७७ रनको स्कोर बनाएको थियो। हैदरावादले आरसीबीले सन् २०१३ मा बनाएको २६३ रनको सर्वाधिक ठुलो स्कोरलाई तोड्दै नयाँ इतिहास बनाएको हो।









