News Griha :: न्यूजगृह
आईपीएल: राजस्थान रोयल्सको जित, दिल्ली १२ रनले पराजित
आईपीएल: राजस्थान रोयल्सको जित, दिल्ली १२ रनले पराजित जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को गएराति भएको खेलमा राजस्थान रोयल्सले जित निकालेको छ। राजस्थानले दिल्ली क्यापिटल्समाथि १२ रनको जित निकालेको हो। टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको राजस्थानले लगातार दोस्रो जित निकाल्दै चार अंक जोडेको छ।दुई खेल खेलेको दिल्ली क्यापिटल्स भने अंकबिहीन छ। बिहीबार राति जयपुरमा भएको खेलमा राजस्थानले...
इटहरी गोल्डकपको फाइनलमा आर्मी र चर्च ब्वाईज भिड्दै
इटहरी गोल्डकपको फाइनलमा आर्मी र चर्च ब्वाईज भिड्दै इटहरी गोल्डकपको उपाधिको लागि चर्च ब्वाइज युनाइटेड र नेपाली सेनाको विभागीय टोली त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुने भएको छ ।इटहरी रङगशालामा बिहीबार राति भएको सेमिफाइनलमा आयोजक राष्ट्रिय जागृति क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै चर्च ब्वाइज उपाधिका निम्ति आर्मीसँग भिडने पक्का भएको हो । चर्च ब्वाइज झापा गोल्डकप विजेता...
यी हुन् एक वर्षमा प्रहरीले सफल अनुसन्धान गरेका चर्चित घटना
यी हुन् एक वर्षमा प्रहरीले सफल अनुसन्धान गरेका चर्चित घटना नेपाल प्रहरीले एक वर्षको अवधिमा २३ चर्चित घटनाको सफल अनुसन्धान गरेको छ। प्रहरी प्रधान कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले गत वर्षको चैत १० गते महानिरीक्षकको कार्यभार सम्हालेपछि २३ चर्चित घटनाको सफल अनुसन्धान सम्पन्न भएको जानकारी दिइयो।
निजी विद्यालयलाई नाम फेर्न काठमाडौं महानगरको १ महिने अल्टिमेटम 
निजी विद्यालयलाई नाम फेर्न काठमाडौं महानगरको १ महिने अल्टिमेटम  काठमाडौं महानगरपालिकाले निजी विद्यालयको नाम फेर्न एक महिनाको अल्टिमेटम दिएको छ।महानगरपालिका विद्यालय शिक्षा व्यवस्थापन नियमावली, २०७४ को नियम ७० मा व्यवस्था भए बमोजिम नेपालीपन झल्कने गरी विद्यालयको नामाकरण गर्नुपर्ने छ। अहिले अधिकांश संस्थागत विद्यालयको नाम नियमावलीअनुसार नभएको भन्दै एक महिनाभित्र फेर्न सूचना जारी भएको हो।
चर्चित अभिनेता गोविन्दा शिवसेना पार्टीमा प्रवेश
चर्चित अभिनेता गोविन्दा शिवसेना पार्टीमा प्रवेश बलिउड सिने जगतका चर्चित अभिनेता गोविन्दा बिहीबार शिवसेनामा प्रवेश गरेका छन्। बिहीबार मुम्बईमा महाराष्ट्रका मुख्यमन्त्री एकनाथ शिन्देको उपस्थितिमा गोविन्दा शिवसेनामा प्रवेश गरेका हुन्।
मुस्ताङको मार्फाखोलामा बाढी, बेनी-जोमसोम यातायात अवरुद्ध
मुस्ताङको मार्फाखोलामा बाढी, बेनी-जोमसोम यातायात अवरुद्ध मुस्ताङको घरपझोङ गाउँपालिका–३ मार्फामा पर्ने राजखोला (मार्फाखोला)मा बिहीबार दिउँसो अचानक बाढी आउँदा यातायात अवरुद्ध भएको छ। धौलागिरि दोस्रो र टुक्चेचुली हिमालको बीचमा पर्ने धम्पुसचुली हिमाल फेदमा पर्ने काशीघन क्षेत्रमा रहेको हिउँ दिउँसोको चर्को घामले पग्लदा ठाडो खहरेखोलामा बाढी आएको हो।
एसईईमा चिट चोराएको आरोपमा २ जना पक्राउ
एसईईमा चिट चोराएको आरोपमा २ जना पक्राउ पक्राउ पर्नेहरुमा बाराको देवताल गाउँपालिका–६ घर भइ कलैया उपमहानगरपालिका–२ स्थित अमर मावि दोहरीमा कार्यरत शिक्षक सुरेन्द्र यादव र बाराको आदर्शकोतवाल गाउँपालिका–३ घर भइ बारागढी गाउँपालिका–१ मा रहेको जनता मावि बुधगाईका नक्कली गार्डको रुपमा खटिएका विनोदप्रसाद यादव छन्।
दिनभरका प्रमुख समाचार: ‘जहाज बेपत्ता’ देखि प्रधानमन्त्रीको ‘उथलपुथलवादी’ कार्यशैलीसम्म
दिनभरका प्रमुख समाचार: ‘जहाज बेपत्ता’ देखि प्रधानमन्त्रीको ‘उथलपुथलवादी’ कार्यशैलीसम्म नेपाली क्रिकेट टोलीलाई भारतमा प्रतिष्पर्धा गर्न बिदाइका लागि पुगेका खेलकुद मन्त्रीले सरकारी लापरवाहीले गर्दा उचित समयमा पुरस्कार दिन नसकिएको निराशाजनक खबर सुनाए पनि खेलाडी भारततिर उडे। उनीहरु गन्तव्यमा पुगिसकेका छन्। प्रोत्साहन दिन गएका मन्त्रीको निराशावादी कुराले तन्दुरुस्त र बलिष्ठ खेलाडी हतोत्साहित हुने कुरै थिएन। नेताका आश्वासन र विस्मयकारी वचन सुन्दासुन्दा...
सन्दीपको पहिलो पेसी चैत २३ गते
सन्दीपको पहिलो पेसी चैत २३ गते सन्दीप लामिछानेले जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटनमा गरेको पुनरावेदनको पहिलो पेसी तोकिएको छ। चैत २३ गतेलाई पेसी तोकिएको अदालत स्रोतले जानकारी दियो।उच्चले बिहीबार पहिलो तारेखका लागि सन्दीपलाई बोलाएको थियो।
अब घुमुवा प्रहरी परिचालन नहुने
अब घुमुवा प्रहरी परिचालन नहुने सूचना सङ्कलनका लागि भनेर खटिँदै आएका सादा पोशाकका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।गृहमन्त्री रवि लामिछानेले सादा पोशाकका प्रहरी तत्काल हटाइ युनिफर्ममा जिम्मेवारी दिन निर्देशन दिएका थिए।
बागमती र गण्डकीमा शुक्रबारसम्म वर्षा हुने
बागमती र गण्डकीमा शुक्रबारसम्म वर्षा हुने बिहीबार राती देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही  बाँकी भूभागमा आंशिक बदली रहने मौसम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
कर्णाली पुलबाट नदीमा हाम फालेका युवाको शव भेटियो
कर्णाली पुलबाट नदीमा हाम फालेका युवाको शव भेटियो फागुपूर्णिमा (होली)को दिन कर्णाली पुलबाट नदीमा हाम फालेका युवकको शव फेला परेको छ। होली मनाएर पौडी खेल्न भन्दै १७ जना युवाले कर्णाली पुलबाट नदीमा हाम पालेका थिए। नदीमा हाम फालेकामध्ये १६ जना युवा पौडिएर बाहिर निस्किए पनि १ जना युवक भने बेपत्ता भएका थिए। नदीमा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–३...
Weather Update