News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
अब घुमुवा प्रहरी परिचालन नहुने

काठमाडौं— सूचना सङ्कलनका लागि भनेर खटिँदै आएका सादा पोशाकका प्रहरी परिचालन नगर्न प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ।

गृहमन्त्री रवि लामिछानेले सादा पोशाकका प्रहरी तत्काल हटाइ युनिफर्ममा जिम्मेवारी दिन निर्देशन दिएका थिए।

Prabhu Bank

सोही निर्देशन दिएपछि प्रहरी प्रधान कार्यालयले यस्तो परिपत्र गरेको हो।

'त्यस कार्यालय तथा मातहत समेतबाट हाल परिचालन गरिएका सादा पोसाकका प्रहरी कर्मचारीलाई (अपराध अनुसन्धान शाखामा कार्यरतबाहेक) तत्काल जिम्मेवारी परिवर्तन गरी नियमित युनिफर्म ड्युटीको जिम्मेवारी दिई निजहरूको काम, कारबाहीको समेत कार्यालय प्रमुखबाटै नियमित निगरानी गर्ने व्यवस्था मिलाउनुहुन निर्देशानुसार अनुरोध छ,' परिपत्रमा भनिएको छ।

यसअघि सूचना सङ्कलनका लागि प्रहरीहरू सादा पोशाकमा (घुमुवा)को रूपमा परिचालन हुँदै आएका थिए। 

 

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १८:४२
sagarmatha cementsagarmatha cement
Weather Update