News Griha :: न्यूजगृह
कर्णाली पुलबाट नदीमा हाम फालेका युवाको शव भेटियो

काठमाडौं— फागुपूर्णिमा (होली)को दिन कर्णाली पुलबाट नदीमा हाम फालेका युवकको शव फेला परेको छ। होली मनाएर पौडी खेल्न भन्दै १७ जना युवाले कर्णाली पुलबाट नदीमा हाम पालेका थिए। 

नदीमा हाम फालेकामध्ये १६ जना युवा पौडिएर बाहिर निस्किए पनि १ जना युवक भने बेपत्ता भएका थिए। नदीमा बेपत्ता भएका कैलालीको लम्कीचुहा नगरपालिका–३ चिसापानीका ३० वर्षीय लोकेन्द्र शाहीको शव बिहीबार फेला परेको हो। 

शाहीको शव शव टीकापुर नगरपालिकाको सनकट्टी घाटमा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार होली खेलेर उनीहरुले कैलालीको चिसापानीमा मदिरा सेवन गरेका थिए। मदिरा सेवन गरेर कर्णालीमा पौडी खेल्ने भन्दै उनीहरुले नदीमा हाम फालेका थिए।  

नदीमा हाम फालेर बेपत्ता भएका शाहीको प्रहरीले होलीकै दिनदेखि खोजी सुरु गरेको थियो। खोजीका क्रममा बिहीबार उनको शव भेटिएको हो।

प्रकाशित मिति: बिहीबार, चैत १५, २०८०  १७:२०
Weather Update