News Griha :: न्यूजगृह
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने 
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने  दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। त्यहाँ मे २९ मा हुन लागेको निर्वाचनमा उनी उम्मेदवार हुन अयोग्य घोषित भएका छन्।निर्वाचन आयोगले जुमाको आपराधिक अभिलेखका कारण यस्तो निर्णय गरेको जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद रायमाझी अस्पतालबाट डिस्चार्ज
नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका निलम्बित सांसद रायमाझी अस्पतालबाट डिस्चार्ज प्रतिनिधि सभाका निलम्बित सांसद टोपबहादुर रायमाझीको स्वास्थ्यमा सुधार आएपछि अस्पतालबाट डिस्चार्ज भएका छन्। नेकपा एमालेका पूर्वसचिवसमेत रहेका रायमाझीको मनमोहन कार्डियोथोरेसिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको थियो।
हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु
हात्तीको आक्रमणबाट झापामा एक महिलाको मृत्यु झापाको कमल गाउँपालिकामा गएराति हात्तीको आक्रमणमा परी एकजना महिलाको मृत्यु भएको छ। वडाध्यक्ष लालबहादुर विष्टका अनुसार  कमल गाउँपालिका–५ गुह्येश्वरी टोलकी ५८ वर्षीया खड्गमाया लिम्बूको मृत्यु भएको हो।
कालीमाटीमा आज तरकारीको भाउ बढ्यो कि घट्यो? हेर्नुहोस् मूल्यसूची
कालीमाटीमा आज तरकारीको भाउ बढ्यो कि घट्यो? हेर्नुहोस् मूल्यसूची फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले शनिबार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ। कालीमाटी तरकारी बजारमा टमाटरको मूल्य हिजोको भन्दा केही घटेको छ। आलु, गाँजर, काउली, भन्टा, मटरकोसा, परबर, घिरौला, कन्ने च्याउ, कुरिलो लगायतका तरकारी हिजोअस्ति कै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ।
आईपीएल: कोलकाताले बैंग्लोरलाई ७ विकेटले हरायो
आईपीएल: कोलकाताले बैंग्लोरलाई ७ विकेटले हरायो कोलकाता किंग्स राइडर्सले रोयल च्यालेन्जर्स बैंग्लोर(आरसीबी)माथि शानदार जित निकालेको छ। १८३ रनको लक्ष्य पछ्याएको कोलकाताले १९ बल बाँकी हुँदै ७ विकेटको जित निकालेको हो।
यी स्थानमा आज पनि वर्षा, भोलिदेखि मौसममा सुधार
यी स्थानमा आज पनि वर्षा, भोलिदेखि मौसममा सुधार राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ। 
जीबी राईले मलेसिया प्रहरीलाईसमेत प्रभावमा पारेको आशंका
जीबी राईले मलेसिया प्रहरीलाईसमेत प्रभावमा पारेको आशंका सहकारीका बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेको तथा उनीहरुको रकम फिर्ता नगरेको उजुरीपछि पोखराको सूर्यदर्शन सहकारीका संस्थापक अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई फरार छन्। राई ग्यालेक्सी फोरके टेलिभिजनका सञ्चालन पनि हुन्।बचतकर्ताको उजुरीपछि कास्की अदालतले गत भदौ मै उनीविरुद्ध ठगी मुद्दामा पक्राउ पुर्जी जारी गरेको थियो। तर, राई भने पक्राउ परेका छैनन्।...
स्नातक तहको परीक्षामा अंग्रेजी र नेपाली भाषामा प्रश्नपत्र सोध्ने त्रिविको निर्णय
स्नातक तहको परीक्षामा अंग्रेजी र नेपाली भाषामा प्रश्नपत्र सोध्ने त्रिविको निर्णय त्रिविले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ, ‘त्रिभुवन विश्वविद्यालय प्राज्ञिक परिषद् स्थायी समितिको मिति २०८० साल चैत्र १५ गते बसेको बैठकले त्रिभुवन विश्वविद्यालयबाट लिइने वार्षिक परीक्षा प्रणाली अनुसारका सबै सङ्कायहरूको स्नातक तहका प्रश्नपत्रहरु तयार गर्दा अंग्रेजी र नेपाली दुवै भाषामा आगामी प्रथम वर्षको परीक्षा देखिनै अनिवार्य रूपमा लागू गरी क्रमशः...
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो, युनिफर्मसहित नियमित ड्युटीमा खटाइयो
काठमाडौं उपत्यकाका १०८ जना घुमुवा प्रहरी हटाइयो, युनिफर्मसहित नियमित ड्युटीमा खटाइयो उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि काठमाडौं उपत्यकामा खटिएका १०८ जना घुमुवा (सादा पोशाक)का प्रहरी हटाइएको छ।गृहमन्त्री लामिछानेले बिहीबार निर्देशन दिएपछि प्रहरी हेडक्वार्टरले परिपत्र गर्दै सादा पोशाकका प्रहरीलाई हटाउन परिपत्र गरेको थियो।
बंगलादेशी नागरिकलाई युरोप पठाइदिने भन्दै नेपाल ल्याएर बन्धक, थप १ जना पक्राउ
बंगलादेशी नागरिकलाई युरोप पठाइदिने भन्दै नेपाल ल्याएर बन्धक, थप १ जना पक्राउ बंगलादेशका नागरिकलाई युरोप पठाउने भन्दै नेपाल ल्याइ बन्धक बनाइराख्ने काममा संलग्न थप १ जना बंगलादेशी नागरिकलाई नेपाल प्रहरीले पक्राउ गरी शुक्रबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा यासिर अहमद भनिने एमडी यासिर बङ्गला रहेका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक नकुल पोखरेलले जानकारी दिए।
प्रधानमन्त्री भन्छन्– प्रदेश र स्थानीय तहमा कर्मचारी अभावको समस्या चाँडै समाधान गरिनेछ
प्रधानमन्त्री भन्छन्– प्रदेश र स्थानीय तहमा कर्मचारी अभावको समस्या चाँडै समाधान गरिनेछ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आगामी आर्थिक वर्षमा ३ तहबीच राजस्व बाँडफाँटका सूचकहरू पुनरावलोकन गर्न राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगले कार्य प्रारम्भ गरेको जानकारी गराएका छन्। राष्ट्रिय सरोकार तथा समन्वय समितिको प्रतिवेदनमाथि राष्ट्रिय सभाका सदस्यहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्डले ३ तहबीच राजस्व बाँडफाँटका सम्बन्धमा उठेका विभिन्न सवालका विषयमा...
दर्जन बढी कानुनहरु ‘फास्ट ट्र्याक’बाट संशोधन गर्ने तयारीमा सरकार
दर्जन बढी कानुनहरु ‘फास्ट ट्र्याक’बाट संशोधन गर्ने तयारीमा सरकार सरकारले दर्जनौं कानुन ‘फास्ट ट्र्याक’बाट संशोधन गर्ने तयारी गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दर्जनभन्दा बढी कानुनहरू फास्ट ट्र्याकबाट संशोधन गर्ने तयारीमा जुटेको जानकारी दिएकी हुन्। शुक्रबार आयोजित नेपाल इटाली च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १०औँ वार्षिक साधारणमा बोल्दै मन्त्री शर्माले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा...
Weather Update