News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
दर्जन बढी कानुनहरु ‘फास्ट ट्र्याक’बाट संशोधन गर्ने तयारीमा सरकार

काठमाडौं— सरकारले दर्जनौं कानुन ‘फास्ट ट्र्याक’बाट संशोधन गर्ने तयारी गरेको छ। सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दर्जनभन्दा बढी कानुनहरू फास्ट ट्र्याकबाट संशोधन गर्ने तयारीमा जुटेको जानकारी दिएकी हुन्। 

शुक्रबार आयोजित नेपाल इटाली च्याम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीको १०औँ वार्षिक साधारणमा बोल्दै मन्त्री शर्माले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकमा पनि वैदेशिक लगानी ल्याउन ऐन, कानुनहरू असहज रहेको भन्ने छलफल भएको बताइन्। 

Prabhu Bank

शर्माले भनिन्, ‘हिजो (बिहीबार)को मन्त्रिपरिषद्को बैठकमा पनि के कुरा भएको छ भने, कयौं हाम्रो वैदेशिक लगानीलाई ल्याउनका लागि हाम्रा ऐन, कानुन र नीति नियमहरू केही अलि असहज र अप्ठ्यारा छन् भन्ने कुरा पनि भएको छ। हामीले दर्जनभन्दा बढी कानुनहरू फास्ट ट्र्याकबाट संशोधन गर्ने भनेर तयारी गरिरहेका छौं।’ 

मन्त्री शर्माले नेपाल प्राकृतिक, सांस्कृतिक र सबैखाले पर्यटनमा विश्वको आकर्षक गन्तव्य स्थल रहेकोले पर्यटकको सङ्ख्या गुणात्मक रुपमा बढाउन आवश्यक रहेको बताइन्। 

उनले भनिन्, ‘प्राकृतिक, सांस्कृतिक र साहसिक सबैखाले पर्यटनमा विश्वको आकर्षक गन्तव्य स्थल रहेको हाम्रो देशमा पर्यटकको सङ्ख्या गुणात्मक रुपमा बढाउन आवश्यक छ।’

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: शुक्रबार, चैत १६, २०८०  १५:२३
Weather Update