News Griha :: न्यूजगृह
NLIC-Below-Navigation-innerNLIC-Below-Navigation-inner
दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने 

काठमाडौं दक्षिण अफ्रिकाका पूर्व राष्ट्रपति ज्याकोब जुमा आम निर्वाचनमा उम्मेदवार बन्न नपाउने भएका छन्। त्यहाँ मे २९ मा हुन लागेको निर्वाचनमा उनी उम्मेदवार हुन अयोग्य घोषित भएका छन्।

निर्वाचन आयोगले जुमाको आपराधिक अभिलेखका कारण यस्तो निर्णय गरेको जनाएको छ।

Prabhu Bank

सन् २०१८ मा जुमाको आफ्नै पार्टी अफ्रिकन नेशनल कांग्रेस (एएनसी) ले उनलाई राष्ट्रपति पदबाट राजीनामा दिन आग्रह गरेको थियो। तर उनले अस्वीकार गरेका थिए।

यसपछि, दक्षिण अफ्रिकाको सर्वोच्च न्यायिक निकायले उनलाई भ्रष्टाचार सम्बन्धी मुद्दामा २०२१ मा १५ महिनाको जेल सजाय सुनाएको थियो।

८१ वर्षीय जुमालाई आयोगको निर्णयविरुद्ध अपिल गर्न अप्रिल २ सम्मको समय दिइएको छ। जुमाले आफैं  विगतमा अध्यक्ष भएको पार्टी एएनसी विरुद्ध सक्रिय रूपमा अभियान चलाइरहेका छन्।

जुमा दक्षिण अफ्रिकाको चौथो राष्ट्रपति भएका थिए। जुमालाई जुलाई २०२१ मा न्यायिक आयोगमा उपस्थित हुन दिएको अदालतको आदेश अवहेलना गरेकोमा १५ महिनाको जेल सजाय सुनाएको थियो।

प्रकाशित मिति: शनिबार, चैत १७, २०८०  १०:३०
Weather Update