आईपीएल: पञ्जावविरुद्ध लखनउको जितआइतबार, चैत १८, २०८०

आज पनि मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना आइतबार, चैत १८, २०८० आज पनि देशका केही क्षेत्रमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जल तथा मौषम विज्ञान विभागले जनाएको छ। विभागका अनुसार हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसकारण आइतबार देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने छ।

कारागारभित्रै न्यायधीश राईको मृत्यु, कुटेर हत्या गरेको परिवारको आरोप आइतबार, चैत १८, २०८० सुनसरीको झुम्का कारागारभित्र एक कैदीबन्दीको मृत्यु भएको छ। ४२ वर्षीय न्यायधीश राईको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी पत्नी हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका थिए। खोटाङका साकला गाउँपालिका घर भई हाल इटहरी उपमहानगरपालिका–४ मा डेरा गरी बस्दै आएका राईको शनिबार करागारभित्रै मृत्यु भएको हो।

इटहरी गोल्डकपको उपाधि चर्च ब्वाइजलाई, आर्मी १–०ले पराजित आइतबार, चैत १८, २०८० अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबलको उपाधि काठमाडौँको चर्च ब्वाइज युनाइटेडले हात पारेको छ।शनिवार राति इटहरी रङ्गशालामा सम्पन्न खेलमा अघिल्लो संस्करणको उपविजेता चर्च ब्वाइज युनाइटेडले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले पराजित गर्दै उपाधि चुमेको हो। चर्च ब्वाइजले उपाधिसँगै नगद १० लाख प्राप्त गरेको छ। उपविजेतामा सीमित भएको आर्मी...
मौसम परिवर्तनले आन्तरिक उडान प्रभावित, चार विमान ‘डाइभर्ट’ शनिबार, चैत १७, २०८० मौसममा आएको परिवर्तनका कारण शनिबार बेलुका विमान उडान/अवतरण प्रभावित भएको छ। काठमाडौंमा प्रतिकूल मौसमका कारण विमान ‘डाइभर्ट’ भएको त्रिभुवन विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए। झापाको भद्रपुरबाट आएको बुद्ध एअरको जहाज विराटनगर डाइभर्ट भएको छ।

रुखले किच्दा स्कुटरमा सवार युवकको मृत्यु शनिबार, चैत १७, २०८० पाल्पामा हावाहुरीले भाँचेको रुखले किच्दा सडकमा गुडिरहेको स्कुटरमा सवार एक युवकको मृत्यु भएको छ। सिद्धार्थ राजमार्ग अन्तगर्त जरे पिपलमा भन्ने ठाउँमा सल्लाको रुखले किच्दा लु ८१ प ११३६ नम्बरको स्कुटरमा सवार पाल्पा कैलाशनगरका २० वर्षीय भुवन सिँजालीको मृत्यु भएको हो।

ठमेललाई २४ सै घण्टा खुला गर्ने निर्णयको विरोधमा घरधनी शनिबार, चैत १७, २०८० उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको निर्देशनपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले ठमेल र दरबारमार्गलाई २४ सै घण्टा खुला गर्ने तयारी गरेपछि ठमेल क्षेत्रका घरधनीले उक्त निर्णयको विरोध गरेका हुन्। ठमेलका घरधनीको आज बसेको बैठकले ठमेललाई २४ सै घण्टा खुलाउने निर्णयको विरोधमा जिल्ला प्रशासन कार्यालय र सरोकारवाला निकायमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको...

दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएपछि पौवाखेत शोकमा शनिबार, चैत १७, २०८० गोरखा गोरखा नगरपालिका–७ पौवाखेतका ४० वर्षीय शङ्कर रोकाको शुक्रबार क्यान्सरबाट मृत्यु भएपछि ७० वर्षीया आमा जुनकिरी रोकासहित सिङ्गो परिवार शोकमा परेको थियो। उपचारका क्रममा काठमाडौंमा मृत्यु भएका शङ्करको पशुपति आर्यघाटमा गएराति अबेर दाहसंस्कार गर्न गाउँबाट काठमाडौँ गएकी आमा जुनकिरीसहित सबै परिवार र आफ्न्त पशुपति आर्यघाटमा पुग्यो।

काठमाडौंमा हावाहुरीसहित वर्षा शनिबार, चैत १७, २०८० काठमाडौंमा मेघगर्जन र हावाहुरीसहित वर्षा भइरहेको छ। शनिबार साँझसम्म काठमाडौंको मौसम सफा थियो।आइतबारदेखि मौसम क्रमशः सुधार हुने महाशाखाको पूर्वानुमान छ। न्यूनचापीय वायुको प्रभाव कमजोर भई आइतबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ।

चट्याङ लागेर दैलेखमा बालिकाको मृत्यु शनिबार, चैत १७, २०८० चट्याङ लागेर दैलेखमा एक बालिकाको मृत्यु भएको छ। चट्याङ लागेर भैरवी गाउँपालिका–६, तोरिमुलका १२ वर्षीय शर्मिला कँडेलको मृत्यु भएको दैलेख प्रहरी प्रमुख किशोर लम्सालले जानकारी दिए।

कर्णालीमा चट्याङ र हावाहुरीसहित भीषण असिना पानी, क्षतिको विवरण आउँन बाँकी शनिबार, चैत १७, २०८० शनिबार दिउँसो कर्णालीमा ठुलो मात्रामा चट्याङ, हावाहुरीसहित असिना पानी परेको छ। विशेषगरि सुर्खेतमा ठुलो मात्रामा असिना परेको हो। हावाहुरी र असिना पानीले विशेषगरि गहुँ, जौ, तरकारी लगायत हिउँदे बालीनालीमा क्षति पुर्याएको छ। भित्राउन लागेको गहुँ बालीमा असिनाले क्षति पुर्याउँदा किसानहरू भने चिन्तित बनेका छन्।

सुन तस्कर दावा छिरिङलाई नागरिकता बिक्री गर्ने दुई अधिकृत पुर्पक्षमा शनिबार, चैत १७, २०८० जिल्ला प्रशासन कार्यालय काभ्रेबाट विदेशी नागरिकलाई नागरिकता बिक्री गरेको अभियोगमा हिरासतमा रहेका दुई अधिकृतसहित थप एकजनालाई जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको छ। अदालतले सोही प्रकरणमा संलग्न अर्का एकजनालाई पक्राउ पुर्जी जारीको आदेश दिएको छ।
-1711806879.jpg)
बस सडकमा ठाडै उभिएको भाइरल तस्बिर: यसरी भयो दुर्घटना शनिबार, चैत १७, २०८० लेखनाथ क्षेत्रको आरुपाटाबाट पोखरा जाँदै गरेको ग१ख ८६८० नम्बरको बस अर्चलेमा दुर्घटना भएको हो। दुर्घटनामा बसका चालक टीकाराम बिक र सहचालक शालिकराम सुवेदी घाइते छन्। उनीहरूको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ।









