आज सुदूरपश्चिम प्रदेशमा सार्वजनिक बिदासोमबार, चैत १९, २०८०

आईपीएल: दिल्लीको जित, चेन्नई २० रनले पराजित सोमबार, चैत १९, २०८०

आज कोशी, बागमती, गण्डकी र कर्णालीका पहाडी भूभागमा वर्षाको सम्भावना सोमबार, चैत १९, २०८० नेपालमा अहिले पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव छ ।जसले देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली भइरहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। अहिले कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हावाहुरी र मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ।

सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी आइतबार, चैत १८, २०८० आइतबार अपरान्ह साढे चार बजे सीटी स्क्यान रुमबाट आगो सल्किएको थियो। करिब २५ मिनेटपछि पुगेको नेपालगञ्ज उपमहानगरपालिकाको बारुण यन्त्रसहितको टोलीले डेढ घण्टापछि आगलागी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले बताए।

नेपालगञ्जमा धारिलो हतियार प्रहार गरि युवकको हत्या आइतबार, चैत १८, २०८० बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ।नेपालगञ्ज उपमहानगरपालिका– २१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आइतबार फेला परेको हो।जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

सिरहामा एसईई प्रश्न पत्रको गोपनीयता भंग गरेको आरोपमा युवक पक्राउ आइतबार, चैत १८, २०८० सिरहामा एसईई परीक्षा केन्द्रबाट प्रश्न पत्रको गोपनीयता भंग गरेको आरोपमा युवक पक्राउ परेका छन्। आइतबार गोलबजार नगरपालिका- १३ का १८ वर्षीय युवक पप्पुकुमार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए।

पोखराबाट सल्यान गाउँ जाँदै गरेको जीप दुर्घटना हुँदा २ जनाको मृत्यु, १० जना घाइते आइतबार, चैत १८, २०८० कास्कीमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। पोखराबाट सल्यान गाउँ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। मृत्यु हुनेमा पोखरा पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनार छन्।
क्यानडा पठाउने भन्दै ४० लाख ठगी, एक जना पक्राउ आइतबार, चैत १८, २०८० वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन्।पक्राउ पर्नेमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ बेसीगाँउ निवासी ४१ वर्षीय सुदेश सुनुवार मुखिया छन्।

कपिलवस्तुको महाराजगञ्ज नगरपालिकाका वडाध्यक्ष घुससहित पक्राउ आइतबार, चैत १८, २०८० अलिले घर बाटो सिफारिस दिनका लागि सेवाग्राहीसँग घुस माग गरेका थिए। उक्त सूचना पाएपछि बुटवलबाट खटिएको अख्तियारको टोलीले उनलाई कार्यकक्षबाट घुससहित पक्राउ गरेको हो।

पूर्वराजा ज्ञानेन्द्र शाह जुम्ला जाँदै आइतबार, चैत १८, २०८० उनले भने, ‘यही चैत्र २४ गते ज्ञानेन्द्र शाह जुम्ला जाँदै हुनुहुन्छ। जुम्लामा चन्दननाथ भैरवको दर्शनसँगै नागरिक अभिनन्दन समारोह जुम्लामा हुने छ। नागरिक मूल आयोजक समितिमा कुनै पनि पार्टी पंक्ति छैन। सर्वदलीय बैठकबाट सबै दलबाट सबैको उपस्थितिका लागि राजा सबको साझा हुन्छ। चाहे पूर्व होस चाहे वर्तमान राजा कुनै दलको हुँदैन।’

मेडिकल व्यवसायी विशाल पण्डितसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा आइतबार, चैत १८, २०८० मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मेडिकल व्यवसायी विशाल पण्डितलगायत ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले हस्पिटेक इन्टरप्राइजेज प्रालिका सञ्चालक विशाल पण्डित, कोशी प्रदेशको प्रदेश आपूर्ति व्यवस्थापन केन्द्र विराटनगरका बायोमेडिकल इन्जिनियर कुशल दाहाल, स्वास्थ्य निर्देशनालय धनकुटाका निर्देशक चन्द्रदेव मेहता, लेखा अधिकृत डण्डसिंह बिक,...

कुलेखानी–दक्षिणकाली सडक बन्द आइतबार, चैत १८, २०८० हेटौँडालाई काठमाडौंसँग जोड्ने कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली सडकमा आजदेखि अनिश्चितकालका लागि सवारी सञ्चालन बन्द गरिएको छ। सो सडकखण्ड स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो। हाल उक्त सडकखण्डमा ढलान तथा नाली निर्माणसँगै कालोपत्र तयारी भइरहेकाले सवारी आवागमन बन्द गरिएको इन्द्रसरोवर गाउँपालिका–३ का वडाध्यक्ष प्रताप भोम्जनले जानकारी दिए।

पाक्न लागेको हिउँदेबालीमा असिनाले क्षति, किसान चिन्तित आइतबार, चैत १८, २०८० धादिङको उत्तरी क्षेत्रमा हावाहुरीसँगै परेको असिना पानीले दिउँदेबाली नष्ट गरेको छ।उत्तरी क्षेत्रको विकटमा पर्ने अधिकांश गाउँबस्तीमा लगाएको बाली नष्ट भएपछि किसान चिन्तित भएका छन्। वर्षदिनभरी खानका लागि लगाएको अन्नबाली क्षणभरमै सखाप भएपछि किसान चिन्तित भएका हुन्।









