News Griha :: न्यूजगृह
 सिरहामा एसईई प्रश्न पत्रको गोपनीयता भंग गरेको आरोपमा युवक पक्राउ

काठमाडौं— सिरहामा एसईई परीक्षा केन्द्रबाट प्रश्न पत्रको गोपनीयता भंग गरेको आरोपमा युवक पक्राउ परेका छन्। 

आइतबार गोलबजार नगरपालिका- १३ का १८ वर्षीय युवक पप्पुकुमार सिंहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले जानकारी दिए।

'सुखीपुर नगरपालिका-७ स्थित रजै माध्यमिक बलही परीक्षा केन्द्रमा परीक्षा सञ्चालन भइरहेको थियो,' उनले भने, 'त्यही बेला फोटो स्टुडियोमा गई प्रश्न पत्रको उत्तर लेखेर ३० प्रति फोटोकपी गरी प्रश्न पत्रको गोपनीयता भंग गरेको पाइएको छ।'

यस्तै, सिरहामा एसईई परीक्षा केन्द्रबाट मोबाइल र स्मार्ट वाच समेत बरामद भएको छ।

अनिवार्य गणितको परीक्षामा हलभित्र लगिएका एक सय ३१ थान मोबाइल र १८ थान स्मार्ट वाच बरामद उनले बताए।

उनका अनुसार जिल्ला प्रशासन कार्यालय सिरहाबाट अनुगमनका लागि खटिएको टोलीले उक्त सामानहरू नियन्त्रणमा लिएको हो। 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १९:३०
Weather Update