News Griha :: न्यूजगृह
नेपालगञ्जमा धारिलो हतियार प्रहार गरि युवकको हत्या

काठमाडौं— बाँकेको नेपालगञ्जमा एक युवकको शव फेला परेको छ।

नेपालगञ्ज उपमहानगरपालिका– २१ विर्तामा स्थानीय २० वर्षीय युवक अरबी खाँको शव आइतबार फेला परेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिए।

उनले भने, 'घाँटीमा धारिलो हतियार प्रहार गरेर खाँको हत्या गरिएको खुलेको छ।'

उनको शव परीक्षणका लागि भेरी अस्पतालमा राखिएको छ।

घटनाबारे थप अनुसन्धान भइरहेको छ। 

प्रकाशित मिति: आइतबार, चैत १८, २०८०  १९:४४
Weather Update