महालेखा परीक्षकमा सिफारिस रायाविरुद्ध उजुरी गर्न १० दिनको समय सोमबार, चैत १९, २०८०

हजुरआमा बनेपछि एसईई दिँदै गरेकी कांग्रेस नेत्रीको अनुभव सोमबार, चैत १९, २०८० भुसाल स्थानीय वहाकी उच्च मावि परीक्षा केन्द्रबाट एसईई परीक्षामा सहभागी छन्। उनको ०४६ सालमा विवाह भयो। कक्षा ९ को वार्षिक परीक्षा दिने बेला हुँदै थियो। त्यही बेला उनी सुन्त्केरी भइन। छोरो जन्मिएपछि उनले परीक्षा दिन पाइनन् सँगै पढाइ नै रोकियो। पढाइ छाडेको ३२ वर्षपछि अघिल्लो वर्ष उनी गाउँकै लक्ष्मीभवन माविमा...

नेकपा एकीकृत समाजवादीले मत नदिए गुम्छ मुख्यमन्त्री जम्कट्टेलको पद सोमबार, चैत १९, २०८० बागमतीमा एमाले, माओवादी र हाम्रो नेपाल पार्टीको गरी ५० सिट छ। आज मुख्यमन्त्रीलाई विश्वासको मत पाउन ५६ मत चाहिन्छ। यस्तो अवस्थामा एसले समर्थन नदिने हो भने मुख्यमन्त्रीले विस्वासको मत नपाउने निश्चित जस्तै छ। नेकपा एसको हातमा जमकट्टेलको मुख्यमन्त्री पद देखिन्छ।
-1711945616.jpg)
आईपीएलमा २९ औँ पटक भिड्दैछन् मुम्बई र राजस्थान सोमबार, चैत १९, २०८० इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज मुम्बई इन्डियन्स (एमआई) र राजस्थान रोयल्स (आरआर) भिड्दैछन्। यी दुईबीचको १७औं सिजनको १४औँ खेल राति पौने ८ बजेदेखि मुम्बईको वानखेडे क्रिकेट स्टेडियममा हुनेछ।पाँच पटकको च्याम्पियन मुम्बई आफ्नो सुरुवाती दुवै खेल हारेर अंक तालिकाको पुछारमा छ। अर्कोतर्फ सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानको टोली सुरुवाती...

सम्झौताअनुसार काम नगर्ने तीन विदेशीसहित २७ निर्माण व्यवसायीलाई सोधियो स्पष्टीकरण सोमबार, चैत १९, २०८० सम्झौताबमोजिम कार्यसम्पादन सन्तोषजनक नरहेको भन्दै तीन विदेशीसहित २७ वटा नेपाली निर्माण कम्पनीलाई सरकारले स्पष्टीकरण सोधेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले सोमबार सार्वजनिक सूचना निकालेर कार्यसम्पादन सन्तोषजनक नभएका तीन विदेशीसहित २७ वटा निर्माण कम्पनीहरूलाई कारबाही गर्नु नपर्ने कारणसहित सात दिनभित्र लिखित जवाफ पेश गर्न अल्टिमेटम दिएको...

‘मोटरसाइकल जोगाउन खोज्दा जीप भिरमा खस्यो’ सोमबार, चैत १९, २०८० कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा पढ्दै गर्दैआएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो। उनी सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा पढ्छिन्। परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उनी घर सल्यान जाँदै थिइन्।

अझै हटाउन सकिएको छैन बाल्टिमोरमा भत्किएको पुलको भग्नावशेष सोमबार, चैत १९, २०८० संयुक्त राज्य अमेरिकाको बाल्टिमोरमा फ्रान्सिस स्कट ब्रिज दुर्घटना भएको करिब एक हप्ता हुन लाग्दा पनि प्रशासनले त्यहाँको भग्नावशेष हटाउन सकेको छैन। अहिले पनि पुलमा ठोक्किएर दुर्घटना भएको पानी जहाजमा चालक दलका २० जना सदस्य फसिरहेका छन्। उनीहरु सबै भारतीय हुन्। उनीहरुले नै पानी जहाजको मर्मत सम्भार गरिरहेका छन्।दुर्घटनाग्रस्त जहाज...

पूर्वसचिव भन्छन्— कर्मचारीले दलका लागि काम गर्दा सार्वजनिक प्रशासन बिग्रियो सोमबार, चैत १९, २०८० पूर्वसचिव खेमराज नेपालले कर्मचारीहरूले दलगतरुपमा विभाजित भएर काम गर्न थालेपछि सार्वजनिक प्रशासन बिग्रिएर गएको टिप्पणी गरेका छन्। उनले निजामती कर्मचारीहरूले दलीय संगठनमा बस्न नहुने र पार्टीको फेभरमा पर्न नमिल्ने दाबी गरे। पूर्वसचिव नेपालले भने, ‘निजामती कर्मचारीलाई स्थायी सरकार भनिन्छ। त्यो कुनै दलको हुनुहुदैन। तर हाम्रा कर्मचारी ट्रेड युनियनका नाममा बाँडिएर...

बम र लडाकु निर्यात गर्न अमेरिकाले इजरायललाई दियो स्वीकृति सोमबार, चैत १९, २०८० अमेरिले इजरायललाई अर्बौं डलरको बम र लडाकु निर्यात गर्न (डिफेन्स एक्सपोर्ट क्लियरेन्स) स्वीकृति दिएको छ। दक्षिण गाजामा जारी इजरायलको आक्रमणको चौतर्फी आलोचना र संयुक्त राष्ट्र संघले समेत युद्ध विरामको पक्षमा मतदान गरिसकेको अवस्थामा जो बाइडेन प्रशासनले इजरायलाई बम र लडाकु अमेरिकाबाट निर्यात गर्न स्वीकृति दिएको हो। यो सहमतिलाई भने गोप्य...

महालेखा परीक्षकमा सिफारिस रायाका विषयमा संसदीय सुनुवाइ आज सोमबार, चैत १९, २०८० संसदीय सुनुवाइ समितिको बैठक बैठक आजलाई बोलाइएको छ। बैठक बिहान १० बजेपछि बस्नेछ। आजको बैठकमा संवैधानिक परिषद्बाट महालेखा परीक्षकका लागि सिफारिस तोयम रायाका विषयमा संसदीय सुनुवाइको तयारी छ।

नेपाल ए र आयरल्याण्ड ए बीचको खेल आज १ बजे सोमबार, चैत १९, २०८० टी-२० सिरिजअन्तर्गत नेपाल ए र आयरल्याण्ड ए बीचको तेस्रो खेल आज हुँदैछ। खेल दिउँसो एक बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछ।पहिलो र दोस्रो खेलमा नेपाल पराजित भएपनि यो सिरिजको उपाधि एक खेल अघि नै आयरल्याण्डले जितिसकेको छ। आजको खेल भने औपचारिकतामै सीमित हुनेछ।

प्रतिनिधि सभा आज पनि, कांग्रेसको विरोध जारी सोमबार, चैत १९, २०८० संघीय संसद्अन्तर्गत् प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजेदेखि सुरु हुनेछ। आजको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ।त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको विद्युत्तीय व्यापार विधेयकमाथि विचार...

पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढ्यो, बढेको मूल्य आजदेखि जारी सोमबार, चैत १९, २०८० पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले वृद्धि भएको छ। बढेको मूल्य आजदेखि लागु भएको छ। अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७५ रुपैयाँ पुगेको छ। नेपाल आयाल निगम लिमिटेडको सञ्चालक समितिको आइतबारको निर्णयअनुसार मूल्य बढेको हो। यो मूल्य आजदेखि नयाँ मूल्य लागु हुनेछ ।









