News Griha :: न्यूजगृह
महालेखा परीक्षकमा सिफारिस रायाविरुद्ध उजुरी गर्न १० दिनको समय 

काठमाडौं— संसदीय सुनुवाइ समितिले महालेखा परीक्षकका लागि सिफारिस भएका तोयम रायाको सुनुवाइ प्रकिया अघि बढाएको छ। 

आजको संसदीय समितिले सुनुवाइ प्रक्रिया अघि बढाएको संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। 

समितिले रायामाथि उजुरी दिन १० दिनको समय दिएको पाण्डेयले बताए। 

आइतबारको संवैधानिक परिषद्‌को बैठकले रायालाई महालेखा परीक्षकका लागि सिफारिस गरेको छ। अब संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राया महालेखा परीक्षकमा नियुक्त हुनेछन्। 

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  ११:११
Weather Update