News Griha :: न्यूजगृह
व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या घटना: माओवादी पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ
व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या घटना: माओवादी पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोपमा फरार रहेका माओवादीका पूर्वकमान्डर कालीबहादुर खाम पक्राउ परेका छन्।उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको परिसर प्रमुख, एसएसपी भूपेन्द्र खत्रीले बताए।
विद्यार्थी नभएपछि एकै गाउँपालिकाका २५ सामुदायिक विद्यालय बन्द
विद्यार्थी नभएपछि एकै गाउँपालिकाका २५ सामुदायिक विद्यालय बन्द काभ्रेपलाञ्चोकको चौँरीदेउराली गाउँपालिकामा रहेका ५९ सामुदायिक विद्यालयमध्ये हाल ३३ वटा सञ्चालनमा छन्। पाँच वर्षको अवधिमा २० विद्यालय बन्द भएका हुन्भने त्यसअघि विभिन्न मितिमा स्थापित पाँच विद्यालय बन्द भएका हुन्। 
सुजनले दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै
सुजनले दोस्रो पटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै मध्यपुरथिमि नगरपालिकाको बोडेमा हरेक वर्ष वैशाख २ गते आयोजना हुने ‘जिब्रो छेड्ने जात्रा’ मा बोडेका २७ वर्षीय सुजन बाग श्रेष्ठले दोस्रोपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै छन्। नवौँपटक जिब्रो छेडेर जात्रालाई निरन्तरता दिँदै आएका बोडेका ५० वर्षीय बुद्धकृष्ण बाग श्रेष्ठले आफ्ना कान्छा छोरा सुजनलाई गत वर्ष जिब्रो छेडाएर पुस्तान्तरण गरेका...
डढेलो नियन्त्रण नगर्ने सामुदायिक वनको सुविधा रोकियो
डढेलो नियन्त्रण नगर्ने सामुदायिक वनको सुविधा रोकियो शुक्लाफाँटा नगरपालिकामा वन डढेलो नियन्त्रणसम्बन्धी योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनहरूको सेवा सुविधामा रोक लगाइएको छ।नगरपालिकाको वडा नं ८ कार्यालयले डढेलो नियन्त्रणको योजना बनाई कार्यान्वयनमा नल्याउने सामुदायिक वनको सेवा सुविधामा रोक लगाउने निर्णय गरेको हो। डढेलो लागेर हुने क्षति घटाउन सामुदायिक वनलाई जिम्मेवार बनाउन वडा कार्यालयले यस्तो निर्णय गरेको...
एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा
एपीएफ विराट गोल्डकपको सेमिफाइनलमा विभागीय टोली सशस्त्र प्रहरी बल (एपीएफ)ले शहीद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई पराजित गर्दै आठौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ। विराटनगरको शहीद मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनल खेलमा इटहरी गोल्डकपको बिजेता समेत रहेको चर्च ब्वाइजलाई २–० गोलले पराजित गर्‍यो।
विषादीरहित उत्पादन गर्न किसानलाई अनुदान
विषादीरहित उत्पादन गर्न किसानलाई अनुदान सूर्योदय नगरपालिका–१ सीमधापका दिलकुमार लिम्बूले नगरपालिकाबाट अनुदानमा ‘टनेल’ पाएपछि विषादीरहित मल (रासायनिक पदार्थ प्रयोग नभएको) हालेर व्यावसायिक गोलभेँडाखेती गर्ने सोचमा छन्। ‘अब अलि धेरै गोलभेँडाको दल राखेर खेतीलाई व्यावसायिक बनाउने विचारमा छु, आवेदन दिएको थिएँ पालिकाले दियो । अब यसलाई सदुपयोग गरेर खेती विस्तारतिर लाग्छु’, लिम्बू भन्छ। 
आज काठमाडौंमा समाजवादी मोर्चाको सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने
आज काठमाडौंमा समाजवादी मोर्चाको सभा, प्रधानमन्त्रीसहित शीर्ष नेताले सम्बोधन गर्ने समाजवादी मोर्चाले आज काठमाडौंमा बृहत् अन्तरक्रिया कार्यक्रम गर्दैछ। सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा सम्मिलित मोर्चाले काठमाडौंमा फेरि अर्को सभा गर्न लागेको हो। सभामा माओवादी केन्द्रका अध्यक्ष एवम् प्रधानमन्त्री पुष्पकमल दाहालसहित चार वटै दलका शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको...
किराना पसल राखिएका म्याद गुज्रिएका खाद्य सामग्री जफत
किराना पसल राखिएका म्याद गुज्रिएका खाद्य सामग्री जफत अनुगमन टोलीले उपभोगको म्याद नाघेका खाने तेल, मैदा, सुजी, मसला, चियापत्ति, चाउचाउ, बिस्कुट, कोक, फेन्टा, स्प्राइट, बियरलगायत ७५ हजारभन्दा बढीका खाद्य र पेय पदार्थ जफत गरेको छ। गाउँपालिकाका उपाध्यक्ष एवं उपभोक्ता हित संरक्षण समितिका संयोजक दिवा कुमारी तिलिजा पुनको नेतृत्वमा गाउँपालिकाका कर्मचारी, पर्यटन तथा उद्योग कार्यालय, प्रहरी, उद्योग वाणिज्य सङ्घ...
आज कोशी र गण्डकीका केही पहाडी भूभागमा पानी पर्न सक्ने
आज कोशी र गण्डकीका केही पहाडी भूभागमा पानी पर्न सक्ने आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ ।यस्तै, कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी...
आईपीएल: मुम्बई तेस्रो खेलमा पनि पराजित, राजस्थानको सानदार जित
आईपीएल: मुम्बई तेस्रो खेलमा पनि पराजित, राजस्थानको सानदार जित जारी इन्डियन प्रिमियर लिग (आईपीएल)को गएराति सम्पन्न खेलमा राजस्थान रोयल्सले सानदान जित हासिल गरेको छ। राजस्थानलाई १२६ रनको सामान्य लक्ष्य दिएको मुम्बई इन्डियन्स ६ विकेटले पराजित भयो। राजस्थानका बलरसामू टिक्न नसक्दा मुम्बईले तेस्रो खेलमा पनि खाता खोल्न सकेन। वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले पूरै २० ओभर...
१३ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने युवक पक्राउ
१३ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने युवक पक्राउ प्रहरीले १३ वर्षीया बालिकालाई वेश्यावृत्तिमा लगाउने खाजाघर सञ्चालकलाई पक्राउ गरेको छ।प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले काठमाडौं महानगरपालिका–१६ बालाजुस्थित ‘लाफा’ नामक खाजा घरमा १३ वर्षीय बालिकालाई वेश्यावृत्तिमा लगाउने उदयपुरका २३ वर्षीय नवीनकुमार मगरलाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।
६ जनाको ज्यान जानेगरी प्यूठानमा भएको जीप दुर्घटनाका चालक ७ वर्षपछि पक्राउ
६ जनाको ज्यान जानेगरी प्यूठानमा भएको जीप दुर्घटनाका चालक ७ वर्षपछि पक्राउ प्यूठानमा ६ जनाको ज्यान जाने गरी भएको जिप दुर्घटनाका चालक ७ वर्षपछि ललितपुरबाट पक्राउ परेका छन्। ललितपुरको महाकाल गाउँपालिका घर भएका २७ वर्षीय सरोज घलेलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ग्वार्कोबाट पक्राउ गरेको छ। 
Weather Update