
२५ वर्षपछि ताइवानमा शक्तिशाली भूकम्प, फिलिपिन्स र जापानमा सुनामीको चेतावनी बुधबार, चैत २१, २०८० ताइवानमा ताइवानमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पबाट केही भवनहरू भत्किएका छन्। तर मानिसहरू कति हताहती भए भन्ने विवरण आउन बाँकी छ। प्रारम्भिक रिपोर्टअनुसार एक जनाको मृत्यु भएको छ।सामाजिक सञ्जालहरूमा सेयर गरिएका फोटो र भिडिओहरुमा बिल्डिङहरू भत्किएको र पहाडी इलाकामा पहिरो गएको देखिन्छ। बुधबार बिहान ताइवानको हुआलियन शहरबाट करिब १८...

नेपालले टस हार्यो, पहिले फिल्डिङ गर्ने बुधबार, चैत २१, २०८० नेपाली ‘ए’ क्रिकेट टोलीले आयरल्याण्ड ‘ए’ विरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आयरल्याण्ड ‘ए’ ले टस जितेर ब्याटिङ रोजेपछि नेपाली ‘ए’ टोलीले फिल्डिङ गर्ने भएको हो।
साढे १ किलो चरेससहित कञ्चनपुरबाट दुई जना पक्राउ बुधबार, चैत २१, २०८० जिल्ला प्रहरी कार्यालय र लागूऔषध नियन्त्रण ब्युरोको टोलीले भीमदत्त नगरपालिकाको बजार क्षेत्रबाट चरेससहित बझाङको केदारस्युँ गाउँपालिका–६ का गोविन्दबहादुर धामी र रुकुमको सानोभेरी गाउँपालिका–३ का गोपाल पुनलाई पक्राउ गरेको हो।

त्रिवि स्नातक तह दोस्रो वर्षको परीक्षा सर्यो बुधबार, चैत २१, २०८० त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालयले वार्षिक परीक्षा प्रणाली अनुरूप २०८० चैत्र २८ गतेदेखि सञ्चालन हुने भनिएको स्नातक तह दोस्रो वर्षको परीक्षा सारेको हो।

आईपीएलमा आरसीबीको तेस्रो हार, आज दिल्ली क्यापिटल्स र कोलकत्ता नाइट राइडर्स खेल्ने बुधबार, चैत २१, २०८० इन्डियन प्रिमियर लिग (आईपीएल)मा रोयल च्यालेन्जर्स बैङ्गलोर (आरसीबी)ले तेस्रो हार बेहोरेको छ। बैङ्गलोरमा भएको खेलमा घरेलु टोली आरसीबी लखनउ सुपर जाएन्ट्ससँग २८ रनले पराजित भएको हो।१८२ रनको लक्ष्य पछ्याएको आरसीबी १९ दशमलव ४ ओभरमा १५३ रनमा समेटियो। घरेलु टोलीका लागि महीपाल लोम्रोरले १३ बलमा ३ चौका र ३ छक्का...

यी प्रदेशमा बुधबार चट्याङ्गसहित हल्का वर्षाको सम्भावना बुधबार, चैत २१, २०८० बुधबार दिउँसो सुदूरपश्चिम, कर्णाली प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रहनेछ। कोशी, बाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

एक हजार ८१७ जुवाडेबाट प्रहरीले उठायो दुई करोड ६३ लाख जरिवाना बुधबार, चैत २१, २०८० मुलुकी अपराध संहिता, २०७४ ले जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने दफाअन्तर्गत पहिलोपटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजारसम्म जरिवाना गर्ने कानुनी व्यवस्था रहेको छ। यसैगरी दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजारसम्म जरिवाना र त्यसपछिको कसुरमा पटकैपिच्छे थप तीन महिनासम्म...

दम्पती हत्या अनुसन्धान गर्न कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा मंगलबार, चैत २०, २०८० पर्वतको जलजला गाउँपालिका–२ मल्लाजमा वृद्ध दम्पती मृत भेटिएको घटनाको अनुसन्धान गर्न प्रदेश प्रहरी कार्यालय पोखराबाट तालिम प्राप्त कुकुरसहितको विशेषज्ञ टोली घटनास्थलमा आइपुगेको छ। स्थानीय ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती अन्दाजी ६७ वर्षीया कमला जिसी मंगलबार घरमै मृत अवस्थामा भेटिएका थिए।

डीएसपी ठगबहादुर केसी भ्रष्टाचारी ठहर, २ वर्ष कैद हुने मंगलबार, चैत २०, २०८० इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई विशेष अदालतले भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ ।न्यायाधीशहरू टेकनारायण कुँवर, तेजनारायण सिंह राई र रितेन्द्र थापाको संयुक्त इजलासले मंगलबार अन्तिम फैसला सुनाएको हो। अदालतले केसीलाई २ वर्ष कैद र साढे ८ लाख रुपैयाँ बिगो तथा जरिवानाको फैसला...

नवलपरासीमा स्कुल बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु मंगलबार, चैत २०, २०८० नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–५ मा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकी छन्।बालविकास इङ्लिस बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले बा ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पर्वत फलेबास नगरपालिका– ४ स्थायी घर भै हाल भरतपुर–२१ बस्दै आएकी...

वायुसेवा निगमले प्राधिकरणलाई बुझायो स्पष्टीकरण मंगलबार, चैत २०, २०८० नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई स्पष्टीकरण बुझाएको छ।नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो। जवाफमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाएका हुन्।

ढोलाहिटी घटनाः आरोपितले गरे आत्मसमर्पण मंगलबार, चैत २०, २०८० ललितपुरको ढोलाहिटीमा फागु पूर्णिमाको राति दुई जनाको ज्यान जाने गरी भएको हत्या घटनाका एक आरोपितले मंगलबार आत्मसमर्पण गरेका छन्। हत्यापछि फरार रहेका तेह्रथुमका राजु गुरुङले मंगलबार जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसपर्मण गरेका एसएसपी शेखर खनालले जानकारी दिए।









