क्षणिक आवेगले निम्त्याएको घटना
ढोलाहिटी घटनाः आरोपितले गरे आत्मसमर्पण
काठमाडौं— ललितपुरको ढोलाहिटीमा फागु पूर्णिमाको राति दुई जनाको ज्यान जाने गरी भएको हत्या घटनाका एक आरोपितले मंगलबार आत्मसमर्पण गरेका छन्।
हत्यापछि फरार रहेका तेह्रथुमका राजु गुरुङले मंगलबार जिल्ला प्रहरी परिसर ललितपुरमा आत्मसपर्मण गरेका एसएसपी शेखर खनालले जानकारी दिए।
यो घटनामा यसअघि नै प्रहरीले ४ जनालाई हिरासतमा लिएर अनुसन्धान गरिरहेको छ।
फागु पूर्णिमाको राति होटलमा मदिरा खाने दुई समुहबीच झडप हुँदा दुई युवक मारिएका थिए।
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८० १६:५२