News Griha :: न्यूजगृह
वायुसेवा निगमले प्राधिकरणलाई बुझायो स्पष्टीकरण

काठमाडौं— नेपाल वायुसेवा निगमले नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई स्पष्टीकरण बुझाएको छ।

नेपालको हवाई उड्डयनसम्बन्धी नियामक निकाय प्राधिकरणले नेपाल वायुसेवा निगमलाई हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै लिखित स्पष्टीकरण सोधेर त्यसको जवाफ मागेको थियो। जवाफमा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले स्पष्टीकरणसहितको पत्र बुझाएका हुन्।

क्यानका प्रवक्ता एवं उपमहानिर्देशक जगन्नाथ निरौलाले भने, प्राधिकरणले हवाई सुरक्षाका विषयमा प्रश्न उठाई सात दिनभित्र बुझाउने गरी स्पष्टीकरण सोधेको थियो, वायुसेवा निगमले त्यस विषयलाई स्पष्ट गरेर स्पष्टीकरणसहितको पत्र बुझाएको छ।

प्रवक्ता निरौलाले उक्त स्पष्टीकरण अध्ययनकै क्रममा रहेको पनि जानकारी दिनुभयो। उनले भने, 'वायु सेवा निगमका तर्फबाट स्पष्टीकरण आएको छ र अब त्यसलाई प्राधिकरणले अध्ययन गर्नेछ।'

प्राधिकरणले नेपाल वायुसेवा निगमले हवाई सुरक्षामा गम्भीर लापरबाही गरेको भन्दै यही चैत १३ गते निगमलाई स्पष्टीकरण सोधेको थियो।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:०१
Weather Update