News Griha :: न्यूजगृह
 नवलपरासीमा स्कुल बसको ठक्करबाट स्कुटरमा सवार महिलाको मृत्यु

नवलपरासी— नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका–५ मा स्कुल बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएकी छन्।

बालविकास इङ्लिस बोर्डिङ स्कुलको ना ४ ख १०४१ नम्बरको बसले बा ९३ प ९२०९ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार पर्वत फलेबास नगरपालिका– ४ स्थायी घर भै हाल भरतपुर–२१ बस्दै आएकी ६८ वर्षीया पार्वती पौडेलको मृत्यु भएको हो ।


पौडेलको शवलाई पोस्टमार्टमका लागि भरतपुर अस्पताल राखिएको छ। दुर्घटनामा परी स्कुटर चालक गैंडाकोट ५ बस्ने २० वर्षीया आशिका सापकोटा गम्भीर घाइते भएको प्रहरीले जनाएको छ।

उनको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।

बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

Nepali-Patro-innerNepali-Patro-inner
प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  १७:१८
Weather Update